वीरेन्द्रनगरको सडकका डेढ सयभन्दा बढी छाडा चौपाया व्यवस्थापन (भिडिओ) – Nepal Press

वीरेन्द्रनगरको सडकका डेढ सयभन्दा बढी छाडा चौपाया व्यवस्थापन (भिडिओ)

सुर्खेत । वीरेन्द्रनगरका सडकमा बेवारिसे डेढ सयभन्दाबढी चौपाया व्यवस्थापन गरिएको छ ।

११ नम्बर वडा कार्यालयको पहलमा ती चौपायालाई लेकबेँसी नगरपालिका- ९ स्थित चौरासे गौशालामा पठाइएको छ । सडकमा छाडिएका चौपायाका कारण दुर्घटनाको जोखिम बढेको वडाध्यक्ष खिमलाल देवकोटाले बताए ।

उनले अबका दिनमा कसैले चौपाया बेवारिसे रूफमा छाडे कारबाही गरिने बताए । छोडेको पुष्टि भएमा कारबाही गर्ने गरी वडा कार्यालय अघि बढेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर