सांसद तुम्बाहाम्फेको प्रश्न- न्यायलाई पीडित अनुकूल बनाउन सरकारले के-के गर्दैछ ? – Nepal Press

सांसद तुम्बाहाम्फेको प्रश्न- न्यायलाई पीडित अनुकूल बनाउन सरकारले के-के गर्दैछ ?

काठमाडौं । नेकपा एमालेकी सांसद डा. शिवमाया तुम्बाहाम्फेले सरकारलाई संक्रमणकालीन न्यायलाई पीडित अनुकूल बनाउन के के गर्दैछ भनी प्रश्न गरेकी छन् ।

पूर्व उपसभामुखसमेत रहेकी उनले आजको संसद बैठकमा संक्रमणकालीन न्यायको विषय सर्वाधिक चासोको विषय भएको भन्दै संक्रमणकालीन न्याय भनेको पीडितलाई न्याय प्रदान गर्ने एउटा न्याय प्रणाली भएको बताइन् ।

परमादेशी गठबन्धन सरकारमा तत्कालीन राज्य पक्ष र तत्कालीन माओवादी दुवै सँगै बसेर सरकार सञ्चालन गरिरहेको बताउँदै उनले सोधिन्, ‘सरकारले संक्रमणकालीन न्यायलाई आफू अनुकूल नभई पीडित अनुकूल बनाउनका लागि थप प्रयत्न के के गर्दैछ या छैन ?’

(उनको बोली नटुंग्याउँदै सभामुख अग्निप्रसाद सापकोटोले माइक अफ गरिदिएका थिए ।)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर