सदनको निर्देशन पालना नगरेको भन्दै भीम रावलको प्रश्न- सरकार कहाँ छ ? (भिडिओ) – Nepal Press

सदनको निर्देशन पालना नगरेको भन्दै भीम रावलको प्रश्न- सरकार कहाँ छ ? (भिडिओ)

काठमाडौं । नेकपा एमालेका सांसद भीम रावलले सरकार देशमा छ कि अन्त कतै भनी प्रश्न गरेका छन् ।

रावलले एसपीपीका सन्दर्भमा संसदले सरकारलाई दिएको निर्देशन पालना नगरेकोमा आपत्ति जनाउँदै सरकार कहाँ छ ? भन्दै प्रश्न गरेका हुन् ।

एसपीपीबारे संसद र संसदीय समितिको निर्देशनलाई सरकारले सुनेपनि नसुनेझै गरेको उनको भनाई छ । उनले सदनको निर्देशन नमान्ने सरकार देशमा छ कि अन्त कतै छ भन्दै प्रश्न गरे । त्यस्तै, उनले भारतले सेनाका लागि ल्याएको नयाँ योजना अग्निपथ योजनामा गोर्खा सैनिक भर्ती गर्न नहुने र सरकारले यस विषयमा गम्भीरता देखाउनुपर्ने बताए ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा उनले एसपीपी कार्यान्वयन नगर्ने सरकारको निर्णय अमेरिकी सरकारलाई नपठाएको जानकारी सदनलाई गराउन निर्देशन दिएको ५ दिन पुग्दा पनि सरकारले कुनै जानकारी नगराएको भन्दै आपत्ति जनाएका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर