नारायणकाजी श्रेष्ठको आह्वान- वामपन्थी शक्तिबीच सकेसम्म एकता, नत्र चुनावी तालमेल गरौं (भिडिओ) – Nepal Press

नारायणकाजी श्रेष्ठको आह्वान- वामपन्थी शक्तिबीच सकेसम्म एकता, नत्र चुनावी तालमेल गरौं (भिडिओ)

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले देशका वामपन्थी पार्टीहरूले एकले अर्कालाई सिध्याउन र तमासा हेर्न तल्लिन रहेको टिप्पणी गरेका छन् । यो बाटोबाट कम्युनिष्ट तथा वामपन्थी आन्दोलन विसर्जनको दिशामा जाने उनले चेतावनी दिए ।

राजधानीमा आज आयोजित एक अन्तरक्रियामा बोल्दै श्रेष्ठले वामपन्थी शक्तिबीच एकताका लागि आह्वान गरे । एकता सम्भव नभए कम्तीमा चुनावी तालमेल गर्नुपर्ने उनको भनाइ छ ।

श्रेष्ठले भने, ‘देशको राष्ट्रवादी शक्ति भनेको वामपन्थी नै हुन् । अहिलेको परिस्थितिलाई गम्भीर अध्ययन र समीक्षा गरेर वामपन्थी शक्ति एकजुट हुनुपर्छ । वैचारिक रूपमा निकट भएकाहरूले सकेसम्म एकता गर्ने र त्यो नभए समाजवादी मोर्चा बनाएर जान सकिन्छ । त्यो पनि नभए अर्को चुनावमा वामपन्थीबीच तालमेल गरौं ।’

वामपन्थीहरूले समाजवादका कुरा गर्ने तर राष्ट्रिय स्वाधीनताका लागि खतरा बनेको साम्राज्यवादको नाइकेलाई हस्तक्षेप गर्न दिने गलत प्रवृत्ति रहेको उनले बताए ।

‘कमसेकम सबैले राष्ट्रियताको पक्षमा संवेदनशील बनौं,’ उनले आग्रह गरे ।


प्रतिक्रिया

2 thoughts on “नारायणकाजी श्रेष्ठको आह्वान- वामपन्थी शक्तिबीच सकेसम्म एकता, नत्र चुनावी तालमेल गरौं (भिडिओ)

  1. राष्ट्रिय सभामा, नागरिकता बिधेयकको बिपक्षमा मतदान गर्छौ !? फेल गराउ त्यो त्येहाँ अनी देखिन्छ तिम्रो बोलनी र करनी कत्ती मिल्छ भन्ने कुरा !?
    बिलिको हिरो हैन, कामको किरो बन्नु पर्‍यो !! काङ्रेसलाई टाउकामा बोकेर माओवादीले जब सम्म कम्युनिस्ट हुँ भनी रह्न्छ, ब्येवहारले गर्न खोजेको बिसर्जन नै हो भन्ने बुझिन्छ !! ‘अ. माओ’को ब्येइजत गर्ने खाओबादी रहुन्जेल देश दुखी रहन्छ, पिलो बल्झी रह्न्छ !!

  2. पार्टी फुटाउने बेलामा काजी फुटमा पुट दिने गरि काजी कसिन्थे । अहिले मिल्नुपर्छ भनी कसिएकाे सुनेर यिनकाे लिला नबुझेर कति हास्नु र ! काजी मात्र फुट विरुद्ध लागेकाे भए २०७७ सालमा पार्टी फुटबाट जाेगिने थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर