लम्साल बने प्रेस युनियनको अध्यक्ष, ८ वर्षपछि दोस्रो प्रयासमा सफल – Nepal Press

लम्साल बने प्रेस युनियनको अध्यक्ष, ८ वर्षपछि दोस्रो प्रयासमा सफल

काठमाडौं । नेपाली कांग्रेस निकट पत्रकारहरुको संगठन नेपाल प्रेस युनियनको अध्यक्षमा शेखर–गगन समूहका शिव लम्साल विजयी भएका छन् । पदाधिकारीसहित केन्द्रीय कार्य समितिका अधिकांश पदमा पनि लम्साल प्यानलकै बाहुल्य भएको छ ।

८ वर्षअघि संस्थापन पक्षका बद्री सिग्देलसँग पराजित भएका लम्सालले यसपटक संस्थापनकै अनिता बिन्दूलाई पराजित गरेका छन् ।

युनियनको महासचिवमा पनि लम्साल प्यानलकै दिलिप पौडेल निर्वाचित भएका छन् भने वरिष्ठ उपाध्यक्षमा पनि लम्साल प्यानलकै प्रेम केसी निर्वाचित भएका छन् ।

खुला उपाध्यक्षमा लम्साल प्यानलबाट उम्मेदवार बनेका नेपाल प्रेसकर्मी नकुल अर्याल निर्वाचित भएका छन् । खुला उपाध्यक्षमै अर्को एक कोटामा संस्थापन पक्षका भिष्मराज ओझा बिजयी भएका छन् भने कोषाध्यक्षमा पनि संस्थापन पक्षका माधव धिताल बिजयी भएका छन् ।

महिला उपाध्यक्षमा सलोजा दाहाल, उपाध्यक्ष उपत्यकामा जिवन भण्डारी, उपमहासचिव खुलामा तीन जना कमल पन्त, युवराज गौतम र रविन्द्र सुवेदी, उपमहासचिव महिला दुइ जनामा दिलिपाश्री अधिकारी र सुलोचना गौतम र उपमहासचिव समावेशीमा अभयकुमार राई निर्वाचित भएका छन् ।

खुला सचिवमा भुवन शर्मा, खगेन्द्र भण्डारी, केदार दाहाल, तीर्थ बस्नेत निर्वाचित भएका छन् ।

यस्तै सचिव छापा माध्यममा राधा खनाल, सचिव महिलामा मेनुका ढुंगाना, सचिव दलितमा राजन रुचाल निर्वाचित भएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर