एमाले कर्णालीको निर्णय- बागीलाई कारबाही, नखटेकालाई मौका – Nepal Press

एमाले कर्णालीको निर्णय- बागीलाई कारबाही, नखटेकालाई मौका

सुर्खेत । भर्खरै सकिएको स्थानीय चुनावमा पार्टीका उम्मेदवारलाई हराउन गतिविधि गर्नेलाई कारबाही गर्ने निर्णय गर्दै एमाले कर्णाली प्रदेश कमिटिको बैठक सकिएको छ ।

नेकपा एमालेका प्रदेश उपसचिव टेकराज पछाईका अनुसार प्रदेश कमिटीले बागी उम्मेदवारी दिएका र अन्तर्घात गर्नेहरूलाई जिल्ला कमिटिमार्फत आएको सिफारिसको आधारमा कारबाही प्रक्रिया अघि बढाइने भएको हो ।

‘टिकट नपाएको झोंकमा प्रचारमा नजाने, निष्क्रिय बस्नेहरूका हकमा भने एकपटकका लागि सच्चिने मौका दिइनेछ ’, उनले भने ।

वैठकले ३५ सदस्यीय सचिवालय गठनका लागि पदाधिकारीलाई जिम्मा दिने निर्णय पनि गरेको छ ।

‘संघीय र प्रदेश निर्वाचनलाई फलदायी बनाउने योजना बनाएका छौं । जसरी हुन्छ जित्ने गरी लाग्ने, गठबन्धन्धन सरकारका जनविरोधी कामहरूको भण्डाफोर गर्ने, कमिटी प्रणालीलाई अनुशासित बनाउने, बलियो बनाउने र कमीकमजोरीलाई सच्याउँदै अघि बढ्ने निर्णय भएको छ ’, पछाईले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर