भित्र रेडक्रसको भेला, बाहिर नाराबाजी (तस्बिरहरू\भिडिओ) – Nepal Press

भित्र रेडक्रसको भेला, बाहिर नाराबाजी (तस्बिरहरू\भिडिओ)

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीको राष्ट्रिय भेला चलिरहँदा कार्यक्रमस्थबाहिर नाराबाजी भएको छ ।

थापागाउँमा रहेको बानेश्वर ब्यांक्वेटमा ‘वर्तमान सन्दर्भमा नेपाल रेडक्रस सोसाइटीको समस्या र भावी मार्गचित्र’ विषयमा छलफलका लागि राष्ट्रिय भेला बोलाइएको थियो । कार्यक्रमका प्रमुख अतिथि वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे थिए ।

हलबाहिर रेडक्रसमा विधिको शासन लागू हुनुपर्ने, अदालतको आदेश पालना गर्नुपर्ने, प्रहरी हस्तक्षेप बन्द गरजस्ता नारा लागेको थियो ।

रेडक्रसको अघिल्लो कार्यसमितिका पदाधिकारी भ्रष्टाचारमा मुछिएपछि ओली सरकारले कार्यसमिति विघटन गरी तिम्सिनाको नेतृत्वमा तदर्थ समिति गठन गरेको थियो । तर, पछिल्लो समय तिम्सिना नेतृत्वको समितिलाई कार्यालय प्रवेशमै प्रहरी परिचालन गरेर रोक अवरोध गरिँदै आएको छ ।

सरकारले जेठ ३१ गते सुदर्शनप्रसाद नेपालको अध्यक्षमा ३३ सदस्यीय तदर्थ समिति गठन गरेपछि उक्त निर्णयप्रति तिम्सिना पक्ष अदालत गएको थियो । सोसाइटीका अध्यक्ष नेपालले अदालतलाई देखाउँदै अर्को पक्षले सोसाइटीको काममा अवरोध सिर्जना गर्दै आएको आरोप लगाए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर