संसदमा योगेशको आक्रोश- मंकिपक्स र हैजाका विषयमा सरकार किन बेखबर ? (भिडिओ) – Nepal Press

संसदमा योगेशको आक्रोश- मंकिपक्स र हैजाका विषयमा सरकार किन बेखबर ? (भिडिओ)

काठमाडौं । नेकपा एमालेका सांसद योगेश भट्टराईले नेपाल सरकार जनस्वास्थ्यका विषयमा गम्भीर नबनेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा उनले २०२२ को मेमा बेलायतमा देखिएको मंकिपक्स अमेरिका, यूरोप, अफ्रिका हुँदै छिमेकी मुलुक भारतसम्म पुगिसक्दा सरकारले कुनै ध्यान नदिएको बताए ।

‘विश्व स्वास्थ्य संगठनले यसलाई महामारी घोषणा गरिसक्यो,’ भट्टराईले भने, ‘जुन खालको लक्षण देखिँदैछ, त्यसले हायलकायल बनाइरहेको देखिन्छ । दुर्भाग्यवस नेपाल सरकारले सार्वजनिक ढंगले सुसूचित गरेको छैन । सरकार सुतेको छ । खुल्ला सिमाना छ, हामी यसबाट टाढा छैनौं । नेपाल सरकार र स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गर्न चाहन्छु।’

यस्तै राजधानीमा फैलिएको हैजाका विषयमा पनि सांसद भट्टराईले सरकारको ध्यानाकर्षण गराएका छन् ।

‘बिहानसम्मको डाटामा काठमाडौं उपत्यकामा ३४ जना हैजाका केस भेटिएका छन् । हैजा महामारी हो,’ उनले भने,‘विश्व स्वास्थ्य संगठनले एकजना मात्रै देखिएपनि स्थानीय महामारी भनेको छ । ३४ देखिनु भनेको समुदायमा फैलिएको पुष्टि हुन्छ ।’

यस विषयमा पनि अहिलेसम्म सरकारको ध्यान नजानु गैरजिम्मेवारीपन भएको उनले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर