त्रिविबारे भीमसेन प्रधानको टिप्पणी- भिसी, रेक्टर र रजिस्टार सर्प, बिच्छी र भ्यागुता जस्ता
काठमाडौं । पूर्वमन्त्री एवं नेपाली कांग्रेसका सांसद भीमसेनदास प्रधानले त्रिभुवन विश्वविद्यालयमा राजनीतिक भागवण्डाका कारण तहस–नसह हुने अवस्थामा पुगेको बताएका छन् ।
प्रतिनिधिसभाको आजको बैठकका बोल्दै उनले यस्तो बताएका हुन ।
‘विश्वविद्यालय अध्ययन अनुसन्धान गर्ने थलो हुन । तर राजनीतिक भागबण्डाले बरबाद हुँदैछन,’ उनले भने,‘त्रिभुवन विश्वविद्यालयमा त अहिले तीन पार्टी, तीन मान्छे छन् । भिसी एमाले, रेक्टर माओवादी र रजिस्टार अर्को पार्टी ।’
उनीहरूको नमिल्नाले विश्वविद्यालयमा समस्या भएको उनले बताए । ‘तीन जना सर्प, बिच्छी र भ्यागुतो जस्तो भयो । उहाँहरू नमिल्ने,’ उनले भने ।
यसको विकल्प राज्यले कुलपति छानेर उसलाई टिम छान्न दिनुपर्ने उनले बताए ।