वडागत मत विवरण- कांग्रेस र एमालेबीच एक लाख मतान्तर, अरू दलको कति ? (सूचीसहित) – Nepal Press

वडागत मत विवरण- कांग्रेस र एमालेबीच एक लाख मतान्तर, अरू दलको कति ? (सूचीसहित)

काठमाडौं । स्थानीय तह निर्वाचनमा देशभरका वडाध्यक्षहरूले पाएको मतका आधारमा नेकपा एमालेभन्दा नेपाली कांग्रेस करिब एक लाख मतले अघि देखिएको छ ।

निर्वाचन आयोगले मंगलवार सार्वजनिक गरेको आधिकारिक मत विवरण अनुसार नेपाली कांग्रेसले वडाध्यक्षहरूको मतका आधारमा ३९ लाख ५६ हजार १९३ मत पाएको छ ।

त्यस्तै नेकपा एमालेले वडाहरूमा पाएको मत ३८ लाख ११ हजार ६०२ मत पाएको छ । माओवादी केन्द्रले १५ लाख ३ हजार २४७ मत पाएको छ ।

चौथो स्थानमा रहेको जसपाले वडाध्यक्षतर्फ ६ लाख ८८ हजार ३८० मत पाएको छ भने नेकपा एसले ४ लाख २२ हजार ७३७ मत वडाहरूमा पाएको छ ।

छैटौँ स्थानमा रहेको राप्रपाले ३ लाख ६४ हजार १६० मत पाएको छ । सातौँ स्थानमा लोसपा रहेको छ । उसले २ लाख ४४ हजार ८८८ मत पाएको छ ।

सम्पूर्ण विवरण


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर