भक्तपुरमा यसरी मनाइयो घण्टाकर्ण पर्व (तस्बिरहरू) – Nepal Press

भक्तपुरमा यसरी मनाइयो घण्टाकर्ण पर्व (तस्बिरहरू)

काठमाडौं । काठमाडौं उपत्यकालगायत देशभरका नेवार समुदायले मंगलबार घण्टाकर्ण पर्व मनाएका छन् ।

घण्टाकर्ण पर्वलाई काठमाडौं उपत्यकाका नेवार समुदायले गठेमङ्गल पर्वका रूपमा मनाउने गर्दछन् ।

हरेक वर्ष साउन शुक्ल चतुर्दशीमा नास्तिक गठांमुगःलाई दाहसंस्कार गरी घण्टाकर्ण अर्थात् गठांमुगः चःह्रे मनाउने गरिन्छ ।

भक्तपुरमा मनाइने गठेमङ्गलको छुट्टै आकर्षण छ । त्यहाँ टोल टोलमा नर्कट, छ्वाली, नाङ्लो, हाँडीबाट मानव रुपी तीन खुट्टे, गठांमुगः को पुत्ला बनाइन्छ ।

टोल टोलमा अघिल्लो दिन साँझ नै नर्कटमा छ्वाली बेरेको मानव रुपी गठांमुगःको पुत्ला बनाइ हाँडीमा नाक, मुख र कान बनाइन्छ ।टोल टोलमा बनाइएको गठांमुगःलाई टोलबासी मिलेर नजिकको दोबाटोमा लगेर जलाइन्छ ।

चोक दोबाटोमा बसेर बालबालिका चोर्ने र मारेर खाने घण्टाकर्णलाई टोलबासी मिलेर मारी दाहसंस्कार गरेको पर्वका रूपमा गठांमुगः चःह्रे मनाइँदै आएको छ ।

यस दिन नेवार समुदायले आफ्नो घर गृह शान्तिको कामना गर्दै आफ्ना परिवारलाई रोगव्याधी नलागोस् भनेर घण्टाकर्णको पूजा गरी घर–घरबाट भूतप्रेत मन्छाउने गर्दछन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *