प्लास्टिकका फूल बिक्री वितरणमा रोक – Nepal Press

प्लास्टिकका फूल बिक्री वितरणमा रोक

काठमाडौं । सरकारले प्लास्टिकका फूल बिक्री वितरणमा रोक लगाएको छ । सोमबार वन तथा वातावरणमन्त्री प्रदीप यादवले प्लास्टिकका फूल बिक्री वितरणमा रोक लगाउने मन्त्री स्तरीय निर्णय गरेका थिए ।

बिहीबार राजपत्रमा उक्त सूचना प्रकाशित भएको छ ।

मन्त्रालयका प्रवक्ता मेघनाथ काफ्लेले कार्यान्वयनका लागि तल्लो तहसम्म सूचना प्रवाह गरिने बताए ।

उनले भने, ‘दुई चार दिन बजारमा भित्रिसकेका प्लास्टिकका फुल नै नष्ट गरौँ भन्ने सरकारको सोच होइन । केहि समय सामान्य रूपमा सूचना प्रवाह हुँदै रोकिँदै जान्छ । आगामी दशैं तिहारसम्म प्लास्टिकका फूललाई पूर्ण रूपमा रोक लगाउने भन्ने सरकारको योजना हो ।’

फ्लोरिकल्चर एशोसिएशन नेपालले प्लास्टिकका फूल आयात, निर्यात तथा बिक्री वितरणमा रोक लगाउने मन्त्री स्तरीय निर्णयको यस अघि नै स्वागत गरिसकेको छ । संस्थाका अध्यक्ष मीनबहादुर तामाङले सरकारले यो निर्णय एकदमै राम्रो भएको र आफूहरूले पहिलेदेखि नै उठाउँदै आएको बताएका थिए ।

सरकारले वातावरण संरक्षण ऐन, २०७६ को दफा १५ को उपदफा ६ ले दिएको अधिकार प्रयोग गर्दै नेपालभर प्लास्टिकजन्य फूल गुच्छाको उत्पादन, आयात, बिक्री वितरण वा भण्डारण गर्न पूर्ण रूपमा रोक लगाउने निर्णय थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर