त्रिविमा प्राध्यापक र सहप्राध्यापकको अन्तर्वार्ता सञ्चालनको माग गर्दै अखिलद्वारा प्रदर्शन
काठमाडौं । नेकपा एमाले समर्थित अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालय सेवा आयोगले तोकेको प्राध्यापक र सहप्राध्यापकको अन्तर्वार्ता सञ्चालनको माग गर्दै प्रदर्शन गरेको छ।
अखिलका त्रिवि इन्चार्ज मदन विष्टका अनुसार संगठनले आइतबारदेखि सुरु हुने भनिएको अन्तर्वार्ता सञ्चालन गर्न माग गर्दै प्रदर्शन गरिएको बताए ।
नेपाली कांग्रेस समर्थित नेविसंघले त्रिवि सेवा आयोगमा ताला लगाएको छ । जसले गर्दा अन्तर्वार्ता प्रभावित भएको छ । सो प्रभावित अन्तर्वार्ता तुरुन्त गर्न अनेरास्ववियुले माग गर्दै प्रदर्शन गरेको हो ।
त्रिवि सेवा आयोगको ताला तत्काल खोल्न र निर्धारित प्राध्यापकको अन्तर्वार्ता सुरु नगरिए संघर्षका कार्यक्रम अघि बढाउने इन्चार्ज विष्ट चेतावनी दिए ।