लिम्पियाधुरा नक्सामा समेटेपछि मलाई प्रधानमन्त्रीबाट हटाउँछन् भन्ने थाहा थियो : ओली (भिडिओ) – Nepal Press

लिम्पियाधुरा नक्सामा समेटेपछि मलाई प्रधानमन्त्रीबाट हटाउँछन् भन्ने थाहा थियो : ओली (भिडिओ)

‘देशभक्त हुन आजको युगमा हतियार लिएर लड्नु पर्दैन, देशको पक्षमा अड्नुपर्छ’

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले लिम्पियाधुरासहितको भूमि नेपालको नक्सामा समेटेपछि आफूलाई प्रधानमन्त्रीबाट हटाइएको दाबी गरेका छन् ।

पूर्वसचिव द्वारिकानाथ ढुंगेलको पुस्तक ‘चक्रव्यूहमा नेपालको जलस्रोत’ सार्वजनिक गर्दै ओलीले आजको युगमा देश जोगाउन लड्न नपर्ने भन्दै देशभक्तिको पक्षमा अडिए पुग्ने बताए ।

ओलीले भने, ‘हाम्रो गुमेको भू-भाग समेटेर नक्सा जारी गर्दै गर्दा मलाई प्रधानमन्त्रीबाट हट्नुपर्छ, अब उपद्रो हुन्छ भन्ने थाहा थियो । नभन्दै हट्नुपर्‍यो । त्यसमा मलाई पीर छैन तर देश जता लगिँदैछ त्यस कुरामा चाहिँ पीर छ । आजको दिनमा देशभक्त हुन लडाइँ लड्नु पर्दैन, देशको पक्षमा अड्नुपर्छ । अडिए पुग्छ, म अडिएको हुँ । अडिँदा प्रधानमन्त्रीबाट हटाउँछन् भन्ने थाहा थियो ।’

ओलीले पहिलोपटक प्रधानमन्त्री हुँदा चीनसँग पारवहन सन्धि गरेपछि आफूलाई हटाइएको भन्दै दोस्रोपटक लिम्पियाधुरासहितको नक्सा जारी गरेपछि हट्नुपरेकोमा कत्ति पनि हिनताबोध नरहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर