पैसा खाएर नभागेको गौतमश्रीका सञ्चालकको दाबी, भने- जायजेथा बेचेरै भएपनि तिर्छु – Nepal Press

पैसा खाएर नभागेको गौतमश्रीका सञ्चालकको दाबी, भने- जायजेथा बेचेरै भएपनि तिर्छु

काठमाडौं । कुलेश्वरस्थित गौतमश्री सहकारीका सञ्चालक सम्पर्कमा आएका छन् । सहकारीका अध्यक्ष रामबहादुर गौतमले विज्ञप्ति निकालेर बचतकर्ताको रकम आफ्नो जायजेथाबाटै भए पनि फिर्ता गर्ने उल्लेख गरेका छन् ।

‘म तपाईँहरूको बचत रकम कुनै पनि हालतमा डुब्न दिने छैन, म तपाईँहरूको बचत रकम मेरो जायजेथा र सम्पत्ति बेचेरै भएपनि केही महिनाभित्रमा रकम फिर्ता गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ‘, गौतमले भनेका छन् ।

आफू भागेर भारत गएको नभई काम विशेषले गएको उनको दाबी छ । नेपाल आएर सहकारीको समस्या समाधान गर्न लागिसकेको भन्दै गौतमले कोरोनाका कारण कर्जा असुली सन्तोषजनक नभएपनि बचतकर्ताको रकम भने नियमित रुपमा फिर्ता गरिरहेको लेखेका छन् ।

भ्रामक समाचारले बचतकर्ताको भीड बढेको जिकिर गर्दै उनले आफू असुरक्षित भएको तथा सुरक्षाको प्रत्याभुति गराउनेवित्तिकै कार्यालय सञ्चालन गर्ने विज्ञप्तिमा लेखेका छन् ।

गौतमश्री सहकारीबाट पीडित बचतकर्ता रकम फिर्ताको मागसहित शुक्रबारदेखि सहकारी विभागमा धर्नामा बसेका छन् । आज पनि विभागमा रसिल बोकेर बचतकर्ता लाइन लागेको विभागका उपरजिष्ट्रार टोलराज उपाध्यायले बताए ।

हालसम्म ११ सयभन्दा बढी दाबी परेको छ । यसलाई आधार मान्दा डेढ अर्ब रकमको मागदाबी आएको विभागले जनाएको छ ।

अध्यक्ष रामबहादुर गौतमले निकालेको विज्ञप्ति :


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर