नेपाल र बंगलादेशविरुद्धको खेलमा हात हालाहाल, दुवै देशका खेलाडीलाई रेड कार्ड (भिडिओ)
काठमाडौं । यू-२० साफ च्याम्पियनसिप अन्तर्गतको नेपाल र बंगलादेशबीच भइरहेको खेलमा तनाव भएको छ ।
खेलको दोस्रो हाफ सुरु भए लगत्तै जर्सी नं. ६ खेलाडीले फल गरेको साइड रेफ्रीले संकेत गरेपछि ती खेलाडीले प्रतिवाद गरेका थिए ।
नेपालका जर्सी नं. ७ कृतिश रैन छन्जुमाथि फल्ट गरेपछि नेपाली खेलाडीहरू आक्रोशित बनेका थिए । त्यही क्रममा दुवैतर्फका खेलाडीहरूबिच हात हालाहालको स्थिति बनेको थियो ।
हात हालाहालपछि रेफ्रीले दुवै देशका एक एक खेलाडीलाई रेड कार्ड दिएको छ । रेड कार्ड पाउनेमा नेपालका दिपेश गुरुंग र बंगलादेशका शाहिदहुस इस्लाम रहेका छन् ।
यो प्रतियोगितामा रेड दिइएको पहिलो पटक हो । विवाद उत्कर्षमा पुगेपछि रेफ्रीको टिमले सामूहिक रुपमा निर्णय गर्दै रेड कार्ड दिइएको हो ।