६ लाख घुससहित पर्यटन मन्त्रालयका उपसचिव पक्राउ, गाडीबाट १६ लाख ५० हजार बरामद
नेपाल प्रेस
२०७९ साउन १७ गते १८:४१
काठमाडौं । पर्यटन मन्त्रालयका उपसचिव प्रमोद नेपाल ६ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टोलीले उनलाई पक्राउ गरेको हो ।
पर्यटन व्यवसायको दर्तासँग सम्बन्धित कामका लागि घुस लिइरहेको अवस्थामा नाग पोखरीको एक होटेलबाट उनलाई रंगेहात पक्राउ गरिएको आयोगका प्रवक्ता सहसचिव श्यामप्रसाद भण्डारीले नेपाल प्रेसलाई जानकारी दिए ।
नेपाल मन्त्रालयको हवाई उद्योग तथा अन्तर्राष्ट्रिय सम्बन्ध शाखाको प्रमुखको जिम्मेवारीमा थिए ।
यस्तै उनले प्रयोग गर्दै आएको बा १ झ ९९४६ नम्बरको गाडीबाट स्रोत नखुलेको १६ लाख ५० हजार रुपैयाँ पनि बरामद गरिएको छ ।
प्रतिक्रिया
One thought on “६ लाख घुससहित पर्यटन मन्त्रालयका उपसचिव पक्राउ, गाडीबाट १६ लाख ५० हजार बरामद”
Leave a Reply
सम्बन्धित खवर
Good yes ta badman le thik garnu bhayo dhanebat
Aa gadi badai janus yehi mero request chh.