अरुण सुवेदी प्रधानमन्त्रीको परराष्ट्र मामिला सल्लाहकार नियुक्त
नेपाल प्रेस
२०७९ साउन १९ गते १६:३४
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले पाँचौँ पटक प्रधानमन्त्री भएको १ वर्षपछि आफ्नो परराष्ट्र मामिला सल्लाहकार नियुक्त गरेका छन् ।
मन्त्रिपरिषदको बिहीबार बसेको बैठकले जलस्रोतका विषयमा कलम चलाउँदै आएका अरुणकुमार सुवेदीलाई प्रधानमन्त्रीको परराष्ट्र मामिला सल्लाहकार नियुक्त गरेको हो ।
विभिन्न परियोजनामा संलग्न रहेका सुवेदी कांग्रेसको राजनीतिमा भने सक्रिय थिएनन् ।
प्रतिक्रिया
आफूलाई काँग्रेस भनेर सधै गुलामी गर्ने हनुमानहरू हेरेको हेरै भए। एमसिसि भट्याएको भरमा वायरलेस भ्याइदिएछ।