चिनियाँलाई अपहरण गर्ने प्रहरी पाटन उच्च अदालतका न्यायाधीशका पीएसओ – Nepal Press

चिनियाँलाई अपहरण गर्ने प्रहरी पाटन उच्च अदालतका न्यायाधीशका पीएसओ

काठमाडौं । एक चिनियाँ नागरिकलाई अपहरण गरेर फिरौती मागेको आरोपमा पक्राउ परेका ६ जनामध्ये दुईजना प्रहरी भएको खुलेको छ। प्रहरीमध्ये एकजना पाटन उच्च अदालतका एक न्यायाधीशका पीएसओ रहेका छन् ।

३७ वर्षीय हवल्दार कर्ण गुरुङ रहेका छन् । अर्का जवान २८ वर्षीय शिव सुनार बालाजु वृत्तका घुमुवा रहेको प्रहरी स्रोतले जानकारी दियो । लाजिम्पाटस्थित चिनियाँ बस्दै आएको अपार्टमेन्टबाट उठाएर उनलाई बुधबार साँझ गोंगबुस्थित एक होटलमा राखेर बन्धक बनाइएको थियो ।

त्यसपछि एक करोड रूपैयाँ फिरौती मागिएको बताइएको छ । त्यहीक्रममा प्रहरीले उनीहरूलाई पक्राउ गरेको थियो ।
अपहरणकारीले चिनियाँ नागरिकका दोभाषेलाई नियन्त्रणमा लिएर त्यसपछि उनको अपार्टमेन्टसम्म पुगेको बताइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *