सर्वोच्च अदालत कामु प्रधान न्यायाधीशको भरमा चलाउनु लज्जाको बिषय हो: नेम्वाङ – Nepal Press

सर्वोच्च अदालत कामु प्रधान न्यायाधीशको भरमा चलाउनु लज्जाको बिषय हो: नेम्वाङ

दाङ । नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङले सर्वोच्च अदालत कायम मुकायम प्रधान न्यायाधीशको भरमा चलाउनु लज्जाको बिषयको भएको बताएका छन् ।

प्रधान न्यायाधीशमाथि लगाइएको महाभियोग नटुंग्याएर सरकारले गलत गरेको बताए । ‘प्रधानन्यायाधीशलाई महाभियोग लगाएर लामो समयसम्म सर्वोच्च अदालत कामु प्रधानन्यायाधीशको भरमा चलाइएको छ ।’ प्रेस चौतारी दाङले आज घोराहीमा गरेको पत्रकार सम्मेलनमा नेम्वाङले भने,‘सर्वोच्च अदालत यति लामो समय कामु प्रधान न्यायाधीशको भरमा चलाइनु गम्भीर लज्जाको बिषय हो ।

प्रधान न्यायाधीशमाथि लगाइएको महाभियोग छानबिन समितिलाई काम गर्न नदिएर न्यायालयलाई प्रभावित पार्न खोजेको उनले टिप्पणी गरे । जतिसक्यो चाँडै प्रधान न्यायाधीशविरूद्वको महाभियोगको छिनोफानो गर्नुपर्ने नेम्वाङको भनाई छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर