दुबई उड्न लागेका भारतीय विभिन्न देशका अवैध रकमसहित पक्राउ
नेपाल प्रेस
२०७९ साउन २२ गते १५:५४
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई उड्न लागेका एक भारतीय नागरिक विभिन्न देशका अवैध मुद्रासहित पक्राउ परेका छन् ।
भारतीय नागरिक ४३ वर्षीय अंकुर घनसेलाई मापदण्डभन्दा बढी पैसा बोकेको पाइएपछि नियन्त्रणमा लिइएको विमानस्थल प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ परेका घनसेको साथबाट ३ हजार ६ सय अमेरिकी डलर, २ हजार एक सय ३० पाउन्ड स्टर्लिङ, ३ हजार २ सय युरो, ४ हजार ४ सय ६५ यूएई दिराम र ४ हजार ६ सय ५० केन्याली स्टर्लिङ बरामद भएको छ ।
पक्राउ परेका घनसेलाई थप अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग बुझाइएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर