लुम्बिनीका १२ जिल्लामा यसरी चलाउँदै एमालेले प्रशिक्षण – Nepal Press

लुम्बिनीका १२ जिल्लामा यसरी चलाउँदै एमालेले प्रशिक्षण

रुपन्देही । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीले पार्टी केन्द्रको निर्देशनअनुसार साउन २० र २१ गते प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रम सकेपछि सबै जिल्लास्तरीय प्रशिक्षणका लागि मिति तय गरेर तयारी गरेको छ । सबै जिल्लामा पार्टी पदाधिकारी तथा अन्य शीर्ष नेतृत्वलाई सहभागिता गराएर जिल्ला तहमा रहेका अगुवा नेताहरुलाई आन्तरिक प्रशिक्षणको तयारी गरिएको हो ।

यो कार्यक्रममा भरखरै सम्पन्न स्थानीय तहको निर्वाचनको आन्तरिक समीक्षा, नेतृत्व र कार्यकर्ताको समन्वयबारे छलफल, आगामी निर्वाचनको रणनैतिक तयारी तथा जिल्ला तहमा हुने विभागीय जिम्मेवारीका विषयमा गम्भीर छलफल हुनेछ ।

प्रदेशस्तरीय प्रशिक्षणपछि रुपन्देहीमा २२ गते यसखालको कार्यक्रम सकिएको जिल्ला अध्यक्ष तेजेन्द्र केसीले बताए । रुपन्देहीमा भएको प्रशिक्षणमा उपाध्यक्ष विष्णुप्रसाद पौडेल, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली तथा रुपन्देहीबाट पार्टी केन्द्रमा प्रतिनिधित्व गर्ने सबै नेताहरुको सहभागित रहेको थियो ।

प्रदेश प्रचार विभागका प्रमुख डिआर घिमिरेका अनुसार नवलपरासीमा २८ गते यसखालको प्रशिक्षण तयारी गरिएको छ । त्यहाँ उपमहासचिव प्रदीप ज्ञवाली नेताहरु लीला गिरी, सरिता खनाल, राधाकृष्ण कंडेलले प्रशिक्षण दिनेछन् । साउन २८ गते नै पाल्पामा हुने प्रशिक्षणमा केन्द्रीय सचिवद्वय छविलाल बिक र गोकर्ण विष्ट, नेताहरु दलबहादुर राना, ठाकुर गैरेलगायत सहभागी हुनेछन् ।

गुल्मीमा २९ गते तय गरिएको प्रशिक्षणमा उपमहासचिव प्रदीप ज्ञवाली, सचिव गोकर्ण विष्ट, नेताहरु दिनेश पन्थी, राधाकृष्ण कंडेल सहभागी हुनेछन् भने कपिलवस्तुमा पनि २९ गते नै यो कार्यक्रम तय गरिएको छ । त्यहाँ उपाध्यक्ष सुवास नेम्वाङ, नेताहरु विमला घिमिरे, खिमलाल भट्टराई, विष्णु पन्थीलगायतले प्रशिक्षण दिने कार्यक्रम छ ।

अर्घाखाँचीमा साउन ३० गते प्रशिक्षणको तयारी गरिएको छ । त्यहाँ उपाध्यक्ष सुवास नेम्वाङ, सचिवद्वय टोपबहादुर रायमाझी, गोकर्ण विष्ट, तथा नेताहरु चन्द्रबहादुर खड्का, बमबहादुर बिक, चेतनारायण आचार्यले प्रशिक्षण दिने कार्यक्रम तय भएको छ ।

पूर्वीरुकुममा ३० गते तय गरिएको यसखालको कार्यक्रममा उपमहाचिव प्रदीप ज्ञवाली, नेताहरु खेममान खड्का, राधाकृष्ण कंडेल सहभागी हुनेछन् भने सोही दिन दाङमा गरिने कार्यक्रममा उपाध्यक्ष युवराज ज्ञवाली, सचिव छविलाल बिक, नेता नरुरुलाल चौधरीलगायतले प्रशिक्षण दिनेछन् ।

बाँकेमा ३१ गते तय गरिएको कार्यक्रममा उपाध्यक्ष युवराज ज्ञवाली, सचिव छविलाल बिक तथा नेताहरु लीला गिरी, लक्ष्मण ज्ञवाली, सूर्य ढकालले सम्बोधन गर्नेछन् भने प्युठानमा पनि ३१ गते उपाध्यक्ष सुवास नेम्वाङ, सचिव टोपबहादुर रायमाझी, नेताहरु सूर्य थापा,बिमला घिमिरे, खिमलाल भट्टराईले सम्बोधन गर्नेछन् ।

त्यसैगरी बर्दियामा भदौ १ गते सचिव छविलाल बिक तथा नेताहरु लिला गिरी, लक्ष्मण ज्ञवाली र रोल्पामा पनि भदौ १ गते सचिव टोपबहादुर रायमाझी तथा नेताहरु खिमलाल भट्टराई, नबिन रोकाले प्रशिक्षण दिने कार्यक्रम तय गरी तयारी गरिएको एमाले लुम्बिनीले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर