गाईजात्रालाई मध्यनजर गर्दै कोर सिटीको फोहोर उठाइयो
काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि फोहोर उठाउन थालेको छ । महानगरले काठमाडौंको कोर सिटीको फोहोर उठाउन शुरु गरेको हो ।
गाईजात्राको रौनक हुने मुख्य शहरहरुको फोहोर उठाउन सुरु महानगरले जनाएको छ । काठमाडौंभित्र थुप्रिएको फोहोरलाई लिएर हिजो बसेको महानगरको नगर कार्यपालिका बैठकमा तीव्र वादविवाद भएको थियो ।
बैठकमा एमाले–कांग्रेसका वडाध्यक्षहरु मेयर बालेन्द्र साहविरुद्ध आक्रमकरुपमा प्रस्तुत भएका थिए। फोहोरको समस्याको सबै दोष उनीहरुले साहमाथि थोपर्ने प्रयास गरेका थिए ।
वडाध्यक्षहरु फोहोर उठाउन नसकेको भन्दै मेयर बालेन्द्रविरुद्ध खनिएका थिए । फोहोरको समस्याको सबै दोष उनीहरुले साहमाथि थोपर्ने प्रयास गरेका थिए ।
उनीहरुले आजदेखि जात्रा सुरु हुने भएकाले फोहोरको समस्या भयावह बनेको बताए । एक वडाध्यक्षले आजबाट दुई दिन काठमाडौंमा जात्रा हुने भएकाले रातारात भए पनि सडकमा थुप्रिएको फोहोर उठाउनुपर्ने बताए ।
तीन दिनअघिसम्म दैनिक २०० देखि ३०० टिपसम्म फोहोर गइरहेको तर, अस्ति राति गाडी तोडफोड भएपछि फोहोर फाल्ने क्रम रोकिएको मेयर साहले बताए । यस विषयमा सहरी विकास मन्त्रालयमा बैठक बसेको भन्दै उनले आजबाट फोहोर उठ्ने बताएका थिए ।
मेयर साहले गाईजात्रा हुने कोर सिटीमा आज बिहानैदेखि फोहोर उठाउने बताएका थिए । केही दिन यता महानगरको फोहोर नउठ्दा सडकमा फोहोर थुप्रिएको छ ।