चार कम्युनिष्ट पार्टीद्वारा बन्दसम्मको आन्दोलन घोषणा, विप्लवसहितका नेतामाथि पक्राउ पुर्जीको विरोध – Nepal Press

चार कम्युनिष्ट पार्टीद्वारा बन्दसम्मको आन्दोलन घोषणा, विप्लवसहितका नेतामाथि पक्राउ पुर्जीको विरोध

काठमाडौं । संसदबाहिरका चार कम्युनिष्ट पार्टीको संयुक्त मोर्चाले आन्दोलन घोषणा गरेका छन् ।

शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी, आहुति नेतृृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी र कर्णजित बुढाथोकी नेतृत्वको नेकपा माओवादी समाजवादीले आन्दोलनको घोषणा गरेका हुन्।

शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले गरेको एमसीसी सम्झौता, नेपाल कम्युनिष्ट पार्टीसँग भएको ३ बुँदे सहमतिको उलङ्घन, नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लवलगायतका नेता कार्यकर्ताहरु विरुद्ध जारी गरेको पक्राउ पुर्जी, महङ्गी र भष्टाचारकोविरुद्ध चार क्रान्तिकारी कम्युनिस्ट पार्टीले चरणबद्ध संघषर्का कार्यक्रमहरु घोषणा गरेको थियो । तर यो सरकार भने गैरजिम्मेवार तरिकाले प्रतिक्रियाविहीन भएर बसिरहेको विज्ञप्तिमा उल्लेख छ ।

चार कम्युनिष्ट पार्टीले राज्यको रवैयाको कडा रुपले निन्दा गर्दै यथासिघ्र एमसीसी र एसपिपि, पक्राउ पुर्जी र झुट्ठा मुद्दाको खारेजी, संपूर्ण बन्दी कमरेडहरुको रिहाई र आकासिँदो महङ्गी नियन्त्रण गर्न माग गरेको छ ।

उनीहरुले घोषणा गरेको कार्यक्रममा श्रावण २७ गते संघर्षका कार्यक्रमहरुको घोषणा, भाद्र १ गते देशव्यापी जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने, भाद्र ४ गते देशव्यापी विरोधसभा, काठमाडौं उपत्यकाको माइतीघर मण्डलामा केन्द्रीत विरोधसभा, भाद्र ६ गते देशव्यापी मशाल जुलुस, भाद्र ७ गते नेपाल बन्दसम्म छ ।

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर