लेक लागि बेहोस भएका तीन जनाको सशस्त्र प्रहरीद्वारा उद्धार
नेपाल प्रेस
२०७९ साउन २८ गते १२:१४
काठमाडौं । रसुवाको गोसाईकुण्ड गाँउपालिका-५ स्थित गोसाइकुण्ड तिर्थयात्रा गरी घर फर्कने क्रममा लेक लागि बेहोस भएका तीन जनाको २७ साउनमा सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।
बेहोस हुनेहरूमा नुवाकोट जिल्लाको ककनी गाँउपालिका- ८ बस्ने ४५ वर्षीय नारायण भण्डारी र सोही जिल्लाको बिदुर नगरपालिका- ११ बस्ने २० बर्षीय साधना प्याकुरेल र धादिङ्ग जिल्लाको निलकण्ठ नगरपालिका(३ बस्ने १० वर्षीय निर्जिव दुवाडी छन् ।
सो बारे जानकारी प्राप्त भएपश्चात सशस्त्र प्रहरी बल नेपाल नम्बर २० गुल्म रसुवाबाट गएको सशस्त्र प्रहरीले उनीहरूलाई पिठ्यूमा बोकी धुन्चे अस्पताल ल्याएको हो ।
प्रतिक्रिया
सम्बन्धित खवर