प्रहरी भ्यान दुर्घटना: गम्भीर घाइते दुई जनालाई हेलिकप्टरबाट काठमाडौं लगियो (अपडेट) – Nepal Press

प्रहरी भ्यान दुर्घटना: गम्भीर घाइते दुई जनालाई हेलिकप्टरबाट काठमाडौं लगियो (अपडेट)

रुपन्देही । रुकुम (पूर्व) मा नेपाल प्रहरीको गाडी दुर्घटनामा परेर घाइते भएको दुई प्रहरीलाई हेलिकप्टरमार्फत काठमाडौं लगिएको छ ।

रुकुम पुर्वको पुथाउत्तरगंगा गाउँपालिका–११, तल्लोसेरा नजिकै प्रहरीको गाडी दुर्घटनामा परेर गम्भीर घाइते दुई जनालाई हेलिकप्टरबाट काठमाडौं लगिएको हो।

दुर्घटनामा ६ जना सुरक्षाकर्मी घाइते भएका थिए । दुर्घटनामा परी जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक प्रकाश डाँगी, सशस्त्र प्रहरीका प्रहरी नायब उपरीक्षक रवीन्द्र श्रेष्ठसहित ६ जना सुरक्षाकर्मी घाइते भएको प्रजिअ सुनुवारले बताए ।

अनुगमन र अरु कामको सिलसिलामा प्रमुख जिल्ला अधिकारीलगायतको टोली तकसेरा जाने क्रममा लु १ झ ६६० नम्बरको प्रहरीको भ्यान दुर्घटनामा परेको हो ।

प्रमुख जिल्ला अधिकारीसहितको टोली भने अर्को गाडीमा सवार रहेका थिए । सडकदेखी करिब १ सय मिटर तल खसेको भ्यान दुर्घटना हुनुको कारण भने खुलेको छैन ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर