पार्टीभित्र अस्तित्वको लडाई सुरू भयो : शेखर समूह – Nepal Press

पार्टीभित्र अस्तित्वको लडाई सुरू भयो : शेखर समूह

‘अब ४० प्रतिशत चाहिन्छ’

काठमाडौं । नेपाली कांग्रेसको असन्तुष्ट पक्षको भेलाले प्रधानमन्त्री एवं पार्टी सभापति शेरबहादुर देउवा एकलौटी ढंगले अगाडि बढेको भन्दै अन्तरसंघर्षको चेतावनी दिएको छ ।

आज सो समूहको भेलापछि बोल्दै नेता गुरुराज घिमिरेले सभापतिबाट न्यायोचित निर्णय ४० प्रतिशतका लागि संघर्ष जारी रहने बताए ।

सभापतिमा निर्वाचित भएको आठ महिना वित्दा पनि प्रतिस्पर्धी समूहलाई कुनै निर्णय प्रक्रियामा नसमेट्नुले आशंका उब्जिएको उल्लेख गर्दै उनले संघीय निर्वाचनमा पनि यही अवस्था आउन सक्ने संकेत देखिएको बताए ।

उनले भने, ‘हामीले पार्टीभित्र न्यायोचित रूपमा भूमिका दिने कुरा उठाउँदै आएका हौँ ।८ महिना भयो अहिलेसम्म कुनै पनि निर्णय प्रक्रियामा प्रतिस्पर्धी समूहको एक जनालाई पनि समेट्नुभएको छैन । राष्ट्रियसभा निर्वाचनदेखि आजसम्म कतै पनि समेट्नुभएको छैन । भ्रातृ संस्था गठन गर्दा पनि समेट्नुभएन । अब न्यायोचित निर्णय गर्नुहुन्न भने ४० प्रतिशत चाहियो । ४० प्लस चाहियो ।’


प्रतिक्रिया

One thought on “पार्टीभित्र अस्तित्वको लडाई सुरू भयो : शेखर समूह

  1. देउवाले केही दिदैनन् माओवादीलाई दिन्छन् आरजुलाई प्रधानमन्त्री बनाउने शर्तमा मात्र ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर