ओलीले भने- मसँग उपचार गराउने पैसा पनि छैन (भिडिओ) – Nepal Press

ओलीले भने- मसँग उपचार गराउने पैसा पनि छैन (भिडिओ)

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफनो उपचार गर्न पैसा नभएको बताएका छन् ।

राष्ट्रिय युवा सम्मेलनमा बोल्दै अध्यक्ष ओलीले आफनाे र श्रीमतीकाे नाममा भएकाे सबै सम्पत्ति सरकारकाे नाममा  गरिदिएकाले विरामी हुँदा उपचार गराउने खर्च  समेत नभएको बताएका हुन् । उनले सांसदबाट आउने पैसाले अहिले उपचार गराइरहेको बताए ।

ओलीले भने,‘सांसद भएकाले अलिअलि त्यहाँबाट आउँछ । नभए म र मेरो श्रीमतीसँग केही छैन । हामीले हाम्रो सबै सम्पति सरकारको नाममा गरिदिएका छौं । तपाईहरुलाई थाहा छदैछ होला सरकारको नाममा गरिदिएपछि त्यसलाई बेच्न वा धितो राखेर पैसा निकाल्न मिल्दैन । अब तपाईहरुले उचपार गराइदिनुभयो भने छुटै कुरा नभए मसँग उपचार गर्ने पैसा छैन । ’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर