प्रतिनिधिसभाका सांसदको ‘बंक’, गणपूरक संख्या नपुग्दा लगातार २ बैठक स्थगित – Nepal Press

प्रतिनिधिसभाका सांसदको ‘बंक’, गणपूरक संख्या नपुग्दा लगातार २ बैठक स्थगित

काठमाडौं । सांसदहरूको गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभाको लगातार दुईवटा बैठक स्थगित भएका छन् । सरकारले प्रस्तुत गरेका विधेयक पारित गर्नु सत्तापक्षका सांसदहरुको दायित्व हो । तर, सत्तापक्षकै सांसदहरुले बंक गरेपछि आइतबार दुईपटक प्रतिनिधिसभा बैठक स्थगित भयो ।

पहिलो चरणको बैठकमा सभामुखले कार्यसूचीमा रहेका विधेयक अघि बढाउँदा गणपूरक संख्या नपुगेको भन्दै प्रश्न उठ्यो । सचिवालयका कर्मचारीमार्फत गणना गर्दा आवश्यक संख्या ६९ जना सांसद उपस्थित नभएका कारण सभामुख अग्नि सापकोटाले बैठक स्थगित गरे ।

अपरान्ह साढे २ बजे पुनः बसेको बैठकमा पनि कार्यसूची अघि बढाउन खोज्दा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले गणपूरक संख्या रहेको वा नरहेको भनी एकपटक गन्न आग्रह गरे । उनको आग्रह बमोजिम ३ मिनेट जनाउ घण्टी बजाइयो ।

त्यसबीचमा पनि गणना गर्दा ६७ जनामात्र सांसद उपस्थित भएका कारण एक चौथाई सांसद नभएको भन्दै प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्न नमिल्ने भनी सभामुखले साउन ३१ सम्मलाई बैठक स्थगित गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर