रुपन्देहीको ओमसतियामा एक युवकमाथि गोली प्रहार
नेपाल प्रेस
२०७९ साउन ३० गते ८:१३
रुपन्देही । रुपन्देहीको ओमसतियामा गोली प्रहारबाट एक युवक गम्भीर घाइते भएका छन् । अज्ञात समूहले चलाएको गोली लागेर सिद्धार्थनगर नगरपालिका १ वेलहिया बस्ने विकास गुरुङ घाइते भएको प्रहरीले जनाएको छ ।
प्रत्यक्षदर्शीका अनुसार रोहिणी गाँउपालिका-१ बाइपासस्थित सिद्धार्थ कटेजमा करिब ११ बजे राति लुटपाट गरी भाग्दै गरेकाहरूले ओमसतियाको वसन्तपुर वडा कार्यालय अगाडि जम्काभेट भएका गुरुङमाथि गोली हानेका थिए । लुटेराहरूले सो कटेजबाट २ तोला सुन र केही नगद लुटेको बताइएको छ ।
घाइतेको गुरुङ भैरहवा मेडिकल कलेजमा उपचाररत् छन् । गोली प्रहार गर्ने समूहको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर