७५औँ स्वतन्त्रता दिवस मनाउँदै भारत
काठमाडौं । भारतले आज स्वतन्त्रताको ७५औं वर्ष मनाउँदै छ । प्रधानमन्त्री मोदीले राष्ट्रिय झण्डा फहराएका छन् र प्रतिष्ठित लाल किल्लाबाट राष्ट्रका नाममा सम्बोधन गरेका छन् ।
बिहान आयोजित विशेष कार्यक्रममा मोदीले भारत लोकतन्त्रको जननी भएको बताएका छन् ।
‘हामी बापु, नेताजी सुभाषचन्द्र बोस, बाबासाहेब अम्बेडकर, वीर सावरकरलाई धन्यवाद दिन्छौं, जसले देशको स्वतन्त्रताको लागि आफ्नो जीवन अर्पण गरे’, प्रधानमन्त्री मोदीले भने ।
प्रतिष्ठित स्मारकको पर्खालबाट लगातार नवौं स्वतन्त्रता दिवसको भाषण दिन लाल किल्लामा आइपुग्दा प्रधानमन्त्रीले अन्तर-सेवा र प्रहरी गार्ड अफ अनरको निरीक्षण गरेका थिए ।
‘यस विशेष स्वतन्त्रता दिवसको शुभकामना । जय हिन्द !’ प्रधानमन्त्री मोदीले आज बिहान ट्वीट गरेका छन् । राजघाटस्थित महात्मागान्धीको समाधीमा श्रद्धान्जली अर्पण गरेर स्वतन्त्र दिवसको सुरुवात भएको थियो ।