कांग्रेस प्रवक्ता भन्छन्- नागरिकता विधेयक फिर्ता हुनुको कारण खोजिने छ (भिडिओ) – Nepal Press

कांग्रेस प्रवक्ता भन्छन्- नागरिकता विधेयक फिर्ता हुनुको कारण खोजिने छ (भिडिओ)

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले राष्ट्रपतिबाट नागरिकता विधेयक फिर्ता गर्नुपर्नाको कारण खोज्ने बताएका छन् ।

जनप्रतिनिधिका लागि पार्टीद्वारा आयोजित अभिमुखीकरणमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रवक्ता महतले विधेयक फिर्ताको कारण अध्ययन गर्न नपाएकाले सरकारले पनि अध्ययन गर्नुपर्ने र त्यसपछि पार्टीले बुझ्ने बताए ।

‘संविधानमा जुन व्यवस्था थियो जसले नेपाली नागरिकता प्राप्त गरेका छन् उनीहरूका छोराछोरीले नागरिकता पाउनुपर्ने आशय र भावनालाई संसदले कार्यान्वयन गर्‍यो’, उनले भने, ‘राष्ट्रपतिले फिर्ता गरेको खबर के के कारण देखाएर उहाँले फिर्ता गर्नुभाको छ त्यसको अध्ययन गर्न पाको छैन । त्यसलाई के आधारमा फिर्ता गर्नुभयो सरकारले अध्ययन गर्ला । त्यसपछि हाम्रो पार्टीले पनि बुझ्ने नै छ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर