आजको बजारमा यी तीन कम्पनीको सेयर मूल्य चम्कियो
नेपाल प्रेस
२०७९ साउन ३० गते १५:३७
काठमाडौं । साेमबार सेयर बजारमा चमक देखिएको छ । कारोबारमा आएका सकै समूह हरियाली छ । बजार ५५.८८ अंकले बढेर २०६५.८९ विन्दुमा अडिएको छ । समग्रमा बजार २.७८ प्रतिशतले बढेका बजारमा २ अर्ब ४३ करोड रुपैयाँ भन्दा बढीको सेयर किनबेच भएको छ ।
यस दिन तीन वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
राधी विद्युत् कम्पनी, मल्टिप्रपोज फाइनान्स कम्पनी र श्री इन्भेष्टमेन्ट फाइनान्स कम्पनी लिमिटेडको सेयर मूल्य १० प्रतिशतले बढेको छ । यो सँगै यी कम्पनीको सेयर मूल्य क्रमशः ६१७.१० रुपैयाँ, ३१०.२० र ३६८.५० रुपैयाँ प्रतिसेयर कायम भएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर