स्रोत नखुलेको ३६ लाख र सुनसहित सर्लाहीबाट दुई जना पक्राउ
नेपाल प्रेस
२०७९ साउन ३१ गते १३:०८
काठमाडौं। सर्लाहीको बरहथवाबाट ३६ लाख रुपैयाँ नगद र २ सय ३३ ग्राम २ सय ८० मिलिग्राम सुनको गरगहनासहित दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा डोटीको शिखर नगरपालिका-७ स्थायी घर भई काठमाडौंको कपन बस्दै आएका ३० वर्षीय हर्कबहादुर कठायत र भक्तपुरको चाँगुनारायण-२ दुवाकोटका ३१ वर्षीय विशाल खत्री रहेका छन्।
प्रदेश ०२-०३३ प ७७५० नम्बरको मोटरसाइकलमा सवार उनिहरुलाई रोकेर प्रहरीले खानतलासी लिएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया
सम्बन्धित खवर