गठबन्धनको निर्णय- नागरिकता विधेयक समितिमा नलैजाने, जस्ताको तस्तै पारित गर्ने – Nepal Press

गठबन्धनको निर्णय- नागरिकता विधेयक समितिमा नलैजाने, जस्ताको तस्तै पारित गर्ने

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठकले राष्ट्रपतिबाट फिर्ता भएर आएको नागरिकता सम्बन्धी विधेयक पुनः जस्ताको तस्तै संसद‍्मा पेश गर्ने निर्णय लिएको छ ।

आज बसेको गठबन्धनको बैठकले राष्ट्रपतिबाट पुनर्विचारका लागि संसद‍्मा विधेयक फिर्ता आउनुलाई संविधानसम्मत ठहर गरेको छ ।

गठबन्धन बैठकमा सहभागी कानूनमन्त्री गोविन्द वन्दीले विधेयकलाई यसअघिकै प्रक्रियाबाट पारित गरिने बताए ।

‘सम्मानित राष्ट्रपतिले आफ्नो संविधानमा भएको अधिकार प्रयोग गर्नुभएको हो । प्रतिनिधिसभा नियमावली अनुसार सरकारले फेरि विधेयक संसद‍्मा पेस गर्छ ।’

उनले विधेयकलाई समितिमा नलैजाने निर्णय भएको जानकारी दिए ।

‘पहिले पनि समितिमा लगिएको होइन । अहिले पनि समितिमा जाँदैन । हाउसमै छलफल हुन्छ । संसद् बैठकबाटै पारित गर्ने गरी पेश गर्छौँ,’ उनले भने ।

यसअघि सरकारले प्रतिनिधिसभामा सर्टकर्ट विधिबाट एक दिनमा नागरिकता विधेयक पारित गरेको थियो ।

समितिमा नलगीकन हतारमा पारित गरेकोमा सरकार आलोचित बनेको थियो । तर, अब पनि सरकारले पुरानै शैली दोहोर्‍याउने भएको छ ।


प्रतिक्रिया

One thought on “गठबन्धनको निर्णय- नागरिकता विधेयक समितिमा नलैजाने, जस्ताको तस्तै पारित गर्ने

  1. देशै बेच्न तयार हुने गठबन्धनले गर्ने यहि हो। अबको चुनावमा यदि हामी जनताले यिनलाई हराएनौं भने ठूलो दु:ख पाउँछौं। नेपाली नेपाल मै अल्पमतमा परेर अरूको दास हुनेछौ। मौका चुनावमा आउँदैछ। खेर नफालौं।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर