सेना र प्रहरीमा कसको तलब कति पुग्यो ? (नयाँ तलबमानसहित)
काठमाडौं । सरकारले बजेटमार्फत बढाएको १५ प्रतिशत वृद्धिसहितको नयाँ तलबमान मन्त्रिपरिषद्बाट स्वीकृत गरी सार्वजनिक गरिएको छ । साउन १ बाट नयाँ तलबमान कर्मचारी, शिक्षक, सुरक्षाकर्मीलगायतका राष्ट्रसेवकमा लागू भएको छ ।
नयाँ तलब अनुसार नेपाली सेनाका प्रधान सेनापतिको सुरू तलब मासिक ७७ हजार २ सय ११ रुपैयाँ पाउने छन् । प्रधान सेनापतिले दुईवटा ग्रेड पाउँछन् । ग्रेडदर २ हजार ५ सय ७४ रुपैयाँ रहेको छ ।
यस्तै सिपाहीले मासिक २६ हजार २८ रुपैयाँ सुरू तलब पाउनेछन् । सिपाहीले ८ ग्रेडसम्म पाउने व्यवस्था छ । ग्रेडदर ८ सय ६९ रुपैयाँ रहेको छ । यस्तै फलोअर्स प्रथम स्तरले सुरु तलब मासिक २४ हजार ७ सय २ रुपैयाँ प्राप्त गर्नेछन् । उनीहरुका लागि २ ग्रेड छुट्याइएको छ । ग्रेड दर ८ सय २३ रुपैयाँ रहेको छ ।
यस्तै नेपाल प्रहरीतर्फ आईजीपीले सुरू तलब मासिक ७२ हजार ८२ रुपैयाँ पाउनेछन् । आईजीपीले दुई ग्रेड पाउँछन् भने ग्रेडदर २ हजार ४ सय ३ रुपैयाँ रहेको छ । जवानको सुरू तलब २६ हजार ८२ रुपैयाँ रहेको छ । जवानका लागि ८ ग्रेडको व्यवस्था छ । ग्रेडदर ८ सय ६९ रुपैयाँ छ । कार्यालय सहयोगी प्रथमस्तरको सुरू तलब मासिक २४ हजार ७ सय २ रहेको छ । कार्यालय सहयोगी प्रथमस्तरले २ ग्रेड पाउँछन् । ग्रेडदर ८ सय २३ रुपैयाँ रहेको छ ।
सशस्त्र प्रहरी र नेपाल प्रहरीमा आईजीपी र जवानको तलबमान एउटै रहेको छ ।