रामलक्ष्मण दाजुभाइले सार्वजनिक गरे इ–भोटिङ मेशिनको पाँचौ संस्करण (तस्बिरसहित/ भिडिओ) – Nepal Press

रामलक्ष्मण दाजुभाइले सार्वजनिक गरे इ–भोटिङ मेशिनको पाँचौ संस्करण (तस्बिरसहित/ भिडिओ)

काठमाडौं । रामलक्ष्मण इनोभेसन्सले नेपालमै उत्पादन गरेको निर्वाचनको लागि विद्युतीय मतदान यन्त्र (इ–भोटिङ मेशिन) सार्वजनिक गरिएको छ । सार्वजनिक गरिएको यन्त्र रामलक्ष्मण दाजुभाईको पाँचौ संस्करण हो ।

मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरि इ–भोटिङ मेशिन सार्वजनिक र नमुना मतदान कार्यक्रम सम्पन्न गरिएको हो । वर्षौदेखि प्रविधि अनुसन्धानमा खटिएका दाजुभाई रामप्रसाद रिमाल र लक्ष्मणप्रसाद रिमालले उत्पादन गरेको मेसिनले निर्वाचनका लागि सहज हुने दाबी गरिएको छ ।

करिब एक दशकअघि नेपालमै उत्पादन भएको इ–भोटिङ मेशिनले हालसम्म १ सय पटकभन्दा बढी राजनीतिक दल, विभिन्न संघ/संस्थालगायतका निर्वाचन सफलतापूर्वक सम्पन्न गरिसकेको राम प्रसाद रिमालले बताए ।

यद्यपि, निर्वाचन आयोगले भने मेसिनबारे पटक–पटक कुरा राख्दा पनि चासो नदिएको उनले गुनासो गरे । त्यस्तै, लक्ष्मण प्रसाद रिमालले आगामी चुनावमा एक व्यक्तिले ४ वटा मतपत्रमा चिन्ह लगाउनुपर्ने हुँदा समय बढी लाग्ने तर इ–भोटिङ मेसिनमा औंलाले दबाउने भएकोले छिटो हुने दाबी गरे ।

उनले अहिलेसम्म अपांगता भएका व्यक्तिहरुले कसैको सहयोगबिना मेसिनबाट मतदान गरेको सुनाए । मेसिनले सिधै रिजल्ट देखाउने हुँदा नतिजाको लागि घण्टौंसम्म कुर्न नपर्ने उनको भनाई छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर