जसपा राजनीतिक समितिको बैठक बस्दै, उम्मेदवारको मापदण्ड र सीट दाबी मुख्य एजेण्डा – Nepal Press

जसपा राजनीतिक समितिको बैठक बस्दै, उम्मेदवारको मापदण्ड र सीट दाबी मुख्य एजेण्डा

काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा) को राजनीतिक समितिको बैठक आज बस्दैछ ।

बुधबार दिउँसो १ बजे बालकुमारीस्थित ज्यापु समाज प्रज्ञा प्रतिष्ठानमा बैठक तय गरिएको केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले बताए ।

आगामी प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको तयारी, गठबन्धनमा सीट दाबी, उम्मेदवारहरूको मापदण्ड निर्धारण, विभाग तथा भ्रातृ संगठनहरूको पुनःगठन र संगठनात्मक कार्यसम्बन्धी प्रस्तावहरू बैठकका मुख्य एजेण्डा रहेको बताइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर