माओवादी नेता दुलालको वामदेव लक्षित टिप्पणी- जेबाट उठेपनि मतदाताले अनुमोदन गर्दैनन् – Nepal Press

माओवादी नेता दुलालको वामदेव लक्षित टिप्पणी- जेबाट उठेपनि मतदाताले अनुमोदन गर्दैनन्

हेटौंडा । वागमती प्रदेशका पूर्वसामजिक विकास मन्त्री तथा नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य युवराज दुलालले हँसिया हथौडाबाट चुनाव लड्ने वामदेव गौतमको निर्णयप्रति कटाक्ष गरेका छन् ।

फेसबुकमा स्टाटस लेख्दै नेता दुलालले कोही राजनीतिकर्मी लाजहराम भयौं भन्दैमा राजनीति लाजहराम नहुने बताएका छ्न् ।

‘…. भन्दा देख्नेलाई लाज ! हामी कोही राजनीतिककर्मी लाजहराम भयौं भन्दैमा राजनीतिनै लाजहराम त हुँदैन नी ! राष्ट्रियसभा सदस्य राजीनामा दिएर चुनाव उठ्ने कुरा देशको आवश्यकता होइन’, उनले लेखेका छन्, ‘गोलाकारभित्रको हँसिया हथौडा चिन्हमा उठे पनि हुँदैन, अरु कुनैमा उठे पनि मतदाताले अनुमोदन गर्दैनन् । चेतना भया !’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर