वाईसीएललाई प्रचण्डको निर्देशन- फौजको रूपमा प्रस्तुत हुनुस्
नेपाल प्रेस
२०७९ भदौ ३ गते १३:५९
काठमाडौं । नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीको भ्रातृ संगठन वाईसीएललाई फौजको रूपमा प्रस्तुत हुन निर्देशन दिएका छन् ।
काठमाडौंमा शुक्रवार योङ कम्युनिष्ट लीग (वाईसीएल) को दोस्रो भेलालाई सम्बोधन गर्दै प्रचण्डले वाईसीएल शान्ति पूर्ण आन्दोलनमा फौजको रूपमा प्रस्तुत हुन निर्देशन दिएका हुन् ।
देशको राजनीतिलाई सही दिशामा अगाडि बढाउन युवाको भूमिका अग्रणी हुने भन्दै उनले यसमा लाग्न पनि निर्देशन दिए ।
क्रान्ति नदोहोरिन भएकाले परिमार्जित र विकसित रूपमा संघर्ष गर्नुपर्ने भन्दै उनले अझै पनि शोषण र उत्पीडन अन्त्यका लागि काम गर्नुपर्ने अवस्था रहेको बताए ।
प्रतिक्रिया
One thought on “वाईसीएललाई प्रचण्डको निर्देशन- फौजको रूपमा प्रस्तुत हुनुस्”
Leave a Reply
सम्बन्धित खवर
यि लुटेराहरु फेरि लुटन आउने भए । प्रचण्डले फौजि जस्तो भएर लुटेर मलाई बुझाउन ल्याउ भनेको जस्तो लाग्यो। प्रचण्डलाई केको चिन्ता देखिन्छ सबैले महसुस गरेकै छौं।