जनकपुरधाममा व्यापारी र नगर प्रहरीबीच झडप, ९ जना प्रहरी नियन्त्रणमा (भिडिओ) – Nepal Press

जनकपुरधाममा व्यापारी र नगर प्रहरीबीच झडप, ९ जना प्रहरी नियन्त्रणमा (भिडिओ)

जनकपुरधाम । ठेला हटाउने विषयमा जनकपुरधामको जानकी चोकमा व्यापारी र नगर प्रहरीबीच झडप भएको छ ।

श्रीकृष्ण जन्माष्टमी मेलाका लागि पूजा सामग्रीहरू बेच्न सडक छेउमा फुटपाथ व्यापारीहरुले ठेला लगाएका थिए । उक्त ठेला हटाउन नगर प्रहरीले बल प्रयोग गरेको थियो । जसको विरुद्ध उत्रिएका व्यापारी र प्रहरीबीच झडप भएको हो ।

नगर प्रहरीले अन्धाधुन्ध लाठी प्रहार गरेपछि ६ वर्षीय बालकसहित केही व्यापारी घाइते भएका छन् । झडपका क्रममा नेपाल प्रहरीले ९ जनालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय लगेको छ।

जनकपुरधाम उपमहानगरपालिकाले फुटपाथ खाली गराएको छ । तर, साना व्यापारीहरुले आफूहरुको व्यवस्थापन नगरेको भन्दै पटक–पटक प्रदर्शन गर्दै आएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर