राशन घोटालाको आरोप लागेका सशस्त्रका गुल्मपती हेडक्वाटर तानिए – Nepal Press

राशन घोटालाको आरोप लागेका सशस्त्रका गुल्मपती हेडक्वाटर तानिए

काठमाडौं । दार्चुलास्थित सशस्त्र प्रहरी बलको ४४ नम्बर गुल्मका प्रमुख त्रिभुवन विष्ट हेडक्वाटर तानिएका छन् । राशन घोटालाको आरोपपछि एसपी विष्टलाई सशस्त्र प्रहरी मुख्यालय झिकाइएको स्रोतले जानकारी दियो ।

गुल्मपती विष्टले मातहतका दर्जालाई विदामा पठाएर राशनबापतको पैसा आफूले लिएको आरोप लागेको छ ।

त्यसबारे सूचना चुहाएको आरोपमा उक्त गणमा कार्यरत हवल्दार नरेश सिंह साहु मुद्दा पुर्पक्षका लागि कारागारमा छन् । एसपी विष्टकै सिफारिसमा सिंहलाई मुद्धा चलाइएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर