देशले एउटा सच्चा र असल नेता गुमायो: प्रधानमन्त्री देउवा – Nepal Press

देशले एउटा सच्चा र असल नेता गुमायो: प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेसका नेता प्रदीप गिरिको निधनको खवरले निकै स्तव्ध भएको बताएका छन् ।प्रधानमन्त्री देउवाले गिरिको निधनले नेपालले एक सच्चा र असल नेता गुमाएको भन्दै दुख व्यक्त गरेका छन् ।

सामाजिक सञ्जाल ट्वीट गर्दै उनले गिरिको आत्माको चिर शान्तिको कामना गरेका छन् ।

उनले लेखेका छन्,‘नेपाली कांग्रेसका नेता एवं नेपाली राजनीतिका बैचारिक र समाजवादी चिन्तक मेरा मित्र प्रदीप गिरिजीको निधनको खवरले निकै स्तव्ध भएको छु ।उहाँको निधनले नेपालले एक सच्चा र असल नेता गुमाएको छ । उहाँको आत्माको चिर शान्तिको कामना गर्दै यस दुखद घडीमा परिवारजनमा हार्दिक समवेदना व्यक्त गर्दछु।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर