संसदमा बेपत्ता तथा सत्य निरुपण मेलमिलाप आयोग विधेयक पेश हुँदै – Nepal Press

संसदमा बेपत्ता तथा सत्य निरुपण मेलमिलाप आयोग विधेयक पेश हुँदै

काठमाडौं । प्रतिनिधिसभा बैठकमा बेपत्ता पारिएका ब्यक्तिको छानविन तथा सत्य निरुपण मेलमिलाप आयोग विधेयक पेश हुने भएको छ ।

प्रतिनिधिसभा सचिवालयले जारी गरेको सम्भावित कार्यसुची अनुसार बैठकमा बेपत्ता पारिएका ब्यक्तिको छानविन तथा सत्य निरुपण मेलमिलाप आयोग बिद्येयक २०७९ पेश हुने भएको हो । उक्त बिद्येयक कानुन, न्याय तथा संसदीय मामिला मन्त्री गोबिन्दप्रसाद कोइरालाले पेश गर्नेछन ।

प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले न्याय परिषद र न्याय सेवा आयोगको बार्षिक प्रतिवेदन पेश गर्नेछन ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर