नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयर खरिद माग २२ लाख नाघ्यो, बेच्ने शून्य
नेपाल प्रेस
२०७७ फागुन २ गते १२:२८
काठमाडौं । आइतबारदेखि कारोबार शुरु भएको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको शेयर मूल्यमा सकारात्मक सर्किट ब्रेक लागेको छ ।
दोस्रो बजारमा सेयर मूल्य ३४० रुपैयाँबाट कारोबार शुरु भएको बैंकको शेयर मूल्य शुरुमै १० प्रतिशत अर्थात ३४ रुपैयाँले बढेको छ ।
कारोबारको डेढ घण्टाको अवधिसम्ममा कम्पनीको शेयर २२ लाख लाख २० हजार १८० कित्ता शेयर खरीद माग रहेको छ । बेच्नेको संख्या भने शून्य रहेको छ ।
कम्पनीको शुरुवाती मूल्य न्यूनतम ११३.६२ रुपैयाँदेखि अधिकतम ३४०.८६ रुपैयाँ तोकिएको थियो । बैंकको २० करोड कित्ता सेयर बिहीबार नेप्सेमा सूचिकृत भएको थियो ।
प्रतिक्रिया
सम्बन्धित खवर