मधेस प्रदेशका सांसद गिरी लोसपा छाडेर एमालेमा प्रवेश
नेपाल प्रेस
२०७९ भदौ ५ गते १२:१७
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका नेता तथा मधेस प्रदेशका सांसद प्रल्हाद गिरी नेकपा एमालेमा प्रवेश गरेका छन् । चुनावको मिति घोषणा भइसकेको अवस्थामा गिरी एमाले प्रवेश गरेका हुन् ।
२०७४ सालको निर्वाचनमा पर्साबाट निर्वाचित भएका गिरीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा स्वागत गरे । गिरीसहित उनी निकट नेता कार्यकर्ता पनि एमालेमा प्रवेश गरेका छन् ।
उनी केही समय मधेसको सशस्त्र विद्रोहमा समेत सहभागी थिए । सोही कार्यक्रममा नेपाली कांग्रेसको स्यांजा चापाकोट नगरपालिकाका पूर्व सभापति ज्ञानेश्वर बस्ताकोटी पनि एमालेमा प्रवेश गरेका छन् ।
प्रतिक्रिया