निर्वाचन बिथोल्नेलाई तत्काल कारबाही हुन नसक्दा समस्या : प्रमुख आयुक्त थपलिया (भिडिओ) – Nepal Press

निर्वाचन बिथोल्नेलाई तत्काल कारबाही हुन नसक्दा समस्या : प्रमुख आयुक्त थपलिया (भिडिओ)

काठमाडौं । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचन बिथोल्नेलाई तत्काल कारबाही हुन नसक्दा त्यस्ता तत्वहरुको मनोबल बढ्दै गएको बताएका छन् ।

आइतबार ललितपुरमा सञ्चारकर्मीसँगको अन्तक्र्रियाका क्रममा थपलियाले निर्वाचन बिथोल्ने कार्य कानूनविपरीत भएको भन्दै त्यस्ता तत्वलाई कारवाही हुन नसक्दा मनोबल बढ्दै गएको बताए । उनले सुरक्षा अभावका कारण निर्वाचन बिथोलियो भन ग्राह्य नहुने भएकाले सरकारबाट सुरक्षाको प्रत्याभूति खोजेको धारणा राखे ।

उनले स्थानीय तहको निर्वाचन एकै चरणमा गरेको अनुभवका आधारमा सरकारलाई एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन गर्न आग्रह गरिएको र सरकारले सोहि अनुरुप मिति तय गरेको जिकिर गरे । एकै चरणमा निर्वाचन गर्दा व्यवस्थापनका साथै अन्य निर्वाचन खर्च पनि घट्ने उनको भनाई छ ।

थपलियाले निर्वाचनको तयारीका लागि आयोगले पर्याप्त समय नपाएपनि आयोगले तीव्र रुपमा आफ्नो काम अघि बढाएको जिकिर गरे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर