नेपाली राजनीतिलाई विनिर्माण गर्दै हर्क साम्पाङ
सन् १९६० को दशकमा फ्रान्सेली चिन्तक ज्याक्स डेरिडाले विनिर्माणवादको सिद्धान्त विश्वसामु ल्याए । यो सिद्धान्तले ७० र ८० दशकमा पाश्चात्य साहित्य, समालोचना र भाषा अध्ययनलाई महत्त्वपूर्ण प्रभाव पार्यो । विरोधाभाषी पदबाट सिर्जित परम्परागत केन्द्रीकृत सत्यतालाई विघटन गर्दै अर्थहरुको निरन्तर चिप्लाइमा सत्यता खोज्नु नै विनिर्माणवादको मुख्य ध्येय थियो । आजभन्दा ५० वर्षअघि पश्चिमी जगतमा विनिर्माणवादले भाषा, साहित्य, कलामात्र होइन सामाजिक, सांस्कृतिक र राजनीतिक क्षेत्रमा पनि ठूलो परिवर्तन ल्याएको थियो । पुराना संरचनाहरु क्रमशः भत्काउँदै लगियो र नयाँ संरचनाहरु निर्माण गरिँदै लगियो । यो क्रम अहिले पनि जारी छ ।
नेपालमा विनिर्माणवादको प्रभाव भाषा, साहित्य र कला क्षेत्रमा केही मात्रामा देखिए पनि समाजका अन्य पाटाहरुमा खास देखिएन । राजनीति त झन अलग्गै रहँदै आएको छ । पुरानै शैलीको राजनीति र राज्य सञ्चालन चलिरहेको छ । रुपमा शासकीय व्यवस्था फेरिए पनि सारमा शासकीय अवस्था एउटै छ । जुनसुकै शासन व्यवस्था आए पनि शासक र शासितबीचको विभेदीकरण एउटै छ । शासकमा हुने व्यवहारमा कुनै परिवर्तन आएन, शासितको सामाजिक र आर्थिक अवस्थामा कुनै परिवर्तन छैन । तर, आज पूर्वेली शहर धरानमा एक जना यस्तो शासक उदाएका छन्, जसले नेपाली राजनीतिको मूलभूत मान्यतालाई विनिर्माण गर्ने प्रयास गरिरहेका छन् । उनी हुन धरान उपमहानगरपलिकाका मेयर हर्क साम्पाङ ।
उनको विजयले तडकभडक, भड्किलो र खर्चिलो चुनावी प्रचारको फेसनलाई गलत सावित गरिदियो । एउटा भूईमान्छेले पनि हेभीवेट प्रतिस्पर्धीलाई पछार्नसक्छ भन्ने थप गतिलो उदाहरण देखाइदिए । एक हिसाबले परम्परागत चुनावी गतिविधि, नीति र रणनीतिको विनिर्माण गरिदिए ।
साम्पाङको विनिर्माणवादी सिद्धान्त
गत बैशाख ३० गतेको दोस्रो स्थानीय निर्वाचनमा धरानमा गठबन्धन र एमालेबीच कडा टक्कर हुने चर्चा चलिरहेको थियो । दलहरु धुमधामसँग सभा, सम्मेलन, र्याली गरिरहेका थिए । बाजागाजा र नाचगानसहित घरदैलो कार्यक्रममा नगर परिक्रमा गरिरहेका थिए । दलबल र बाइक, गाडीको लस्कर हेर्न लायक थियो । पार्टीको झण्डा, पोस्टर र ब्यानरले शहर झकिझकाउ थियो । भोजभतेर खाइनसक्नु अचाक्ली थियो ।
ठीक त्यही बेला हर्क साम्पाङ भने बेग्लै ढंगले भोट मागिरहेका थिए । उनी धरान उपमहानगरपालिकाको मेयर पदमा स्वतन्त्र उम्मेदवारको रुपमा चुनावी मैदानमा उत्रिएका थिए । तर, उनीसँग न दलबल थियो न त उनले भोजभतेरको नै आयोजना गर्थे । एक्लै प्रचार सामग्री बाड्दै हिँड्थे, हाते माइक बोकेर एक्लै चोकचोकमा भाषण गर्दै हिँड्थे । दैनिक एउटा टेम्पो रिजर्भ गरेर उनी घरघर डुलिरहेका हुन्थे । उनी चोकमा बसेर भाषण गरिरहँदा स्रोता कोही हुन्नथ्यो । त्यसैले उनी भन्थे, ‘कृपया झ्याल र कान चाहिँ बन्द नगरिदिनु होला ।’
नेता भएपछि चिल्लो गाडी चढ्ने, दलबल लिएर हिँड्ने, कार्यकर्तालाई लाइन लगाएर दर्शनभेट दिने, कार्यक्रममा घाँटीभरी माला पहिरिने, काम नगर्ने, गफमात्र दिने परम्परावादी शैलीलाई उनले भत्काइदिए ।
उनले एउटा उपमहानगरपालिको मेयर जस्तो शक्तिशाली पदमा चुनाव जित्न सक्छन् भनेर विश्वास गर्ने मान्छे सायदैमात्र थिए । उनको चुनावी प्रतिस्पर्धामा भाग लिने तरिका अरुको भन्दा ठीकविपरीत थियो । उनी राजनीतिक व्यक्तिभन्दा पनि सामाजिक अभियन्ता भनेर चिनिने गरेका थिए । तर, जब चुनावी परिणाम आउन थाल्यो, उनले जादुमय ढंगले अग्रता लिन थाले ।
चुनाव जित्ने अनुमान गरिएको गठबन्धन र एमालेका उम्मेदवारलाई हेर्दाहेर्दै हजारौं मतले पछि पार्न थाले । आफ्नो निकटत्तम प्रतिद्वन्दी गठबन्धनका उम्मेदवार किशोर राईभन्दा ४ हजार ८ सय बढी मत ल्याएर उनी विजयी बने । उनको विजयले तडकभडक, भड्किलो र खर्चिलो चुनावी प्रचारको फेसनलाई गलत सावित गरिदियो । एउटा भूईमान्छेले पनि हेभीवेट प्रतिस्पर्धीलाई पछार्नसक्छ भन्ने थप गतिलो उदाहरण देखाइदिए । एक हिसाबले परम्परागत चुनावी गतिविधि, नीति र रणनीतिको विनिर्माण गरिदिए ।
चुनाव जितेपछि हर्क साम्पाङले के गर्लान् भन्ने चासो सबैमा थियो । उनको काम गर्ने शैली पनि नितान्त फरक हुन थाल्यो । परम्परागत रुपमा एउटा नेताले गर्ने कार्यगत शैली उनीमा पटक्कै देखिएन । सर्वप्रथम उनले सरकारी सुविधाको गाडी नचढ्ने र उक्त गाडी बेचेर ब्रुमर किन्ने घोषणा गरे । कार्यापालिकाको बैठक लाइभ प्रसारण गर्ने व्यवस्था गरे । हरेक सार्वजनिक बिदाको दिन श्रमदान गर्ने घोषणा गरे । साथै श्रमदानको लागि आम जनतालाई आह्वान पनि गरे । शहर सफा राख्न झाडु लिएर आफैं चोकचोकमा निस्के । खानेपानीको मुहान, सार्वजनिक स्थल, मुख्य चोकहरुमा नगर प्रहरीको बिट राखे ।
सफल नेता त्यो हो, जसले आफ्नो विरोधीलाई समेत मिलाएर सँगै लैजानसक्छ । तर, साम्पाङ भने आफ्ना विरोधी र विपक्षीहरुसँग हातेमालो गर्न ज्यादै कञ्जुस्याइँ गरिरहेको देखिन्छ । एक स्वतन्त्र मेयरको लागि बाँकी सबै सदस्यहरु प्रतिपक्षी हुन् ।
उनको लवाइखवाइ पनि बेग्लै ढंगको छ । ढाकाटोपी उनको पहिचान हो । अफिसियल समयमा दौरा, सुरुवाल, स्टकोट लगाउँछन् । अरु समयमा सामान्य टिसर्ट र पेन्ट लगाएर हिँड्छन् । छोटो दूरीमा साइकल चढ्छन् । नगरपालिकाभित्र आवतजावत गर्न आफ्नै पुरानो मोटरसाइकल चढ्छन् । मेयर भएपछि पनि उनको जीवनशैली पहिले जस्तै छ । आम मान्छेभन्दा एउटा नेता फरक होइन भन्ने उनको मान्यता छ ।
वर्तमान राजनीतिक खिचातानी, नेताहरुको स्खलित आचरण, भ्रष्टाचारको अभेद्य जालोदेखि वाक्कदिक्क भएका जनताको लागि हर्क साम्पाङले अपनाएको राजनीतिक शैली मरुभूमिबीचको मरुद्यान जस्तै भयो । उनी रोल मोडल नेताको रुपमा उदाउन थाले । विशेषगरी सामाजिक सञ्जालमा हर्क साम्पाङले शतप्रतिशत स्थान ओगट्न थाले । उनको लोकप्रियता कति छ भन्ने हरेक शनिबार सर्दु खोलाको किनारमा श्रमदान गर्न आउने हजारौंको भीड हेर्दामात्र पनि पुग्छ । उनले आम भूईमान्छेदेखि सेलिब्रेटी सबैलाई स्वैच्छिक श्रमदान गराएका छन् । कहिले गिटी कुटाउँछन्, कहिले ढुंगा बोकाउँछन्, कहिले रुख रोपाउँछन् । धरानबाट मात्र होइन झापा, मोरङ, सुनसरी, धनकुटा, उदयपुरबाट प्रत्येक हप्ता उनको श्रम शिविरमा श्रमदान गर्न हजारौं मान्छे ओइरिन्छन् ।
साम्पाङको यो किसिमको कार्यशैलीले नेतृत्वको परिभाषा नै परिवर्तन गरिदिएको छ । नेता भएपछि चिल्लो गाडी चढ्ने, दलबल लिएर हिँड्ने, कार्यकर्तालाई लाइन लगाएर दर्शनभेट दिने, कार्यक्रममा घाँटीभरी माला पहिरिने, काम नगर्ने, गफमात्र दिने परम्परावादी शैलीलाई उनले भत्काइदिए । दलगत राजनीतिबाट मात्र विकास, निर्माण सम्भव छ भन्ने सोचलाई पनि तोडिदिए । एक हिसाबले उनले नेपाली राजनीतिलाई विनिर्माण गर्ने प्रयत्न गरेका छन् ।
चुनौतीको पहाड र कमजोरीको खाल्डो
साम्पाङ जति चर्चित छन्, उनीसँग उति नै अग्लो चुनौतीको पहाड छ । अनि उति नै गहिरो कमजोरीको खाडल पनि । उनको सबैभन्दा ठूलो चुनौती भनेको प्रतिपक्ष हो । धरान उपमहानगरपालिकाको जम्मा २० मध्ये १० जना वडा अध्यक्ष नेकपा एमाले, ७ जना नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र, राप्रपा र स्वतन्त्रका १/१ जना छन् । आफूले चाहेको काम गर्न र निर्णय गराउन कम्तिमा बहुमत सदस्यहरुको समर्थन चाहिन्छ ।
प्रदेश सरकार, संघीय सरकार, अन्तर्राष्ट्रिय दातृ निकाय आदि सबै दलहरुको कब्जामा छन् । दलहरुले आफू तल परेर स्रोतसाधनको बाँडफाँट कदापी गर्दैनन् । तर, हर्क साम्पाङ भने दलहरुको अस्तित्वलाई सहजै स्वीकार्ने अवस्थामा छैनन् ।
तर, उनी दलका प्रतिनिधि भन्ने बित्तिकै दलाल, घुसखोर, भ्रष्टाचारी नै हुन्छन् भन्ने खालको धारणा राख्छन् । जसले गर्दा दलका प्रतिनिधिहरु उनीसँग सकारात्मक छैनन् । यसैबीच एमालेका नेत्री तथा मेयर पदमा पराजित उम्मेदवार मञ्जु भण्डारीसँग एउटा नक्कली फेसबुक स्टाटसको विषयलाई लिएर साइबर अपराधमा मुद्दा हालाहालसमेत भइसकेको छ । यो फेसबुक काण्डले एमालेका कार्यकर्ता र हर्क साम्पाङलाई भिडन्तको लागि आमनेसामने उभिने अवस्थासम्म पुर्यायो ।
यही बेला उनले आफ्नो विरोध गर्ने व्यक्तिमात्र होइन दलसमेत सिद्धिनसक्छ भन्ने विवादास्पद अभिव्यक्ति पनि दिए । उनले अप्रत्यक्ष रुपमा नेकपा एमालेका कार्यकर्तालाई इंगित गरेर यसो भनेका थिए । यसले झन दल र मेयरबीचको खाल्डो बढी गहिरो बनाउन भूमिका खेल्यो । त्यही भएर एमालेका वडा अध्यक्षहरुले पटक-पटक कार्यपालिका बैठक बहिस्कार गर्दै आइरहेका छन् । कांग्रेसका वडा अध्यक्षहरु पनि मेयरले आफूहरुलाई बाइपास गर्ने गरेको भनेर असन्तुष्ट छन् ।
सफल नेता त्यो हो, जसले आफ्नो विरोधीलाई समेत मिलाएर सँगै लैजानसक्छ । तर, साम्पाङ भने आफ्ना विरोधी र विपक्षीहरुसँग हातेमालो गर्न ज्यादै कञ्जुस्याइँ गरिरहेको देखिन्छ । एक स्वतन्त्र मेयरको लागि बाँकी सबै सदस्यहरु प्रतिपक्षी हुन् । उनीहरुलाई आफ्नो एजेन्डामा सहमत गराई सँगै लिएर जानु नै साम्पाङको मुख्य चुनौती हो ।
सामाजिक सञ्जालको प्रयोगमा उनी दिनदिनै विवादित बन्दै गइरहेका छन् । पछिल्लो समयमा काठमाडौंका मेयर बालेन साहसँग चलेको फेसबुक जुहारीले सदनमा समेत चर्चा पायो ।
साम्पाङको अर्को चुनौती भनेको दलीय व्यवस्था हो । राज्यको हरेक अंग दलीय व्यवस्थामा आधारित छ । कार्यपालिका, व्यवस्थापिका, न्यायपालिका, सुरक्षा निकायदेखि विभिन्न आयोग, नियोगसम्म दलीय राजनीतिबाट प्रभावितमात्र होइन निर्देशित हुने र संगठित हुने कानूनी व्यवस्था नै छ । एउटा उपमहानगरपालिकाको चौतर्फी विकासको लागि अथाह स्रोतसाधन आवश्यक पर्छ । ती स्रोतसाधन परिचालनको मुख्य चाबी दलहरुको हातमा छ ।
प्रदेश सरकार, संघीय सरकार, अन्तर्राष्ट्रिय दातृ निकाय आदि सबै दलहरुको कब्जामा छन् । दलहरुले आफू तल परेर स्रोतसाधनको बाँडफाँट कदापी गर्दैनन् । तर, हर्क साम्पाङ भने दलहरुको अस्तित्वलाई सहजै स्वीकार्ने अवस्थामा छैनन् । दलीय व्यवस्थाले निर्दलीय साम्पाङलाई सजिलै काम गर्न दिने अवस्था छैन । सर्दु खोलामा गिटी कुटेर वा भानु चोकमा झाडु लगाएरमात्र धरानको समृद्धि सम्भव छैन । त्यसको लागि व्यापक स्रोतसाधनको मुहान पहिल्याउन आवश्यक छ ।
उनले चुनावअघि भानु चोकमा उभिएर धराने जनतालाई सप्तकोसीको पानी खुवाउने वाचा गरेका थिए । पानी खुवाउन नसके आफू धरानमै नबस्ने घोषणा पनि गरेका थिए । सप्तकोसीको पानी धरानसम्म ल्याउन चाहिने स्रोतसाधनको लागि दलीय सरकारकै भर पर्नुपर्ने बाध्यता छ । तर, दल र दलगत राजनीति भन्नेबित्तिकै नाक खुम्चाइहाल्ने उनको प्रवृत्तिको कारण उनी समस्यामा पर्नसक्छन् ।
अर्कोतर्फ साम्पाङको अत्यधिक सामाजिक सञ्जाल प्रयोग गर्ने बानीका कारण उनी आफैं कमजोरीको खाडल खन्दैछन् । उनी मेयर हुनुभन्दा पहिला लगभग १० वर्षदेखि अभियन्ताको रुपमा धरानमा गतिविधि गरिरहेका थिए । उनले आफ्ना गतिविधिहरु ‘हर्क साम्पाङ अ रिभोलुसन’ नामक फेसबुक पेजमार्फत सार्वजनिक गर्दै आइरहेका थिए । यो पेजमा अहिलेसम्म ४ लाख ३७ हजारभन्दा बढी फलोअर्स छन् । मेयर भइसकेपछि पनि उनले यही पेजमार्फत आफ्ना भनाइ र गतिविधिहरु सार्वजनिक गरिरहेका छन् ।
हर्क साम्पाङ सफल होलान् या नहोलान् त्यो अहिले नै मूल्यांकन गर्ने समय होइन । तर, साम्पाङ नेपाली राजनीतिको पूरा ध्यान तान्न सफल भएका छन् । नेपाली नेताहरुको परम्परागत कार्यशैलीलाई भत्काउँदै उनले नेतृत्वको नयाँ आयाम देखाइदिएका छन् ।
तर, छिनछिनमा आइरहने उनको स्टाटसहरु विरोधीहरुको लागि आलोचनाको मसला बनिरहेको छ । कुनै बेला त उनका स्टाटस एउटा सामान्य मान्छेले बोल्नेभन्दा पनि तल्लोस्तरमा गिरेर लेखिएका हुन्छन् । प्रायःजसो उनले आफ्ना विरोधीहरु लक्षित तिखो गालीका शब्दहरु लेख्छन् । कहिले आफ्नो विरोधीलाई ‘हा…थु….’ भनेर लेख्छन्, कहिले ‘तिमीहरु झारपात’ भनेर लेख्छन् । कहिले ‘तिमीहरुले मेरो विरोध गरेको मेरो पाद जति हो’ लेख्छन् । उनको यस्तो लेखाइमा आउने हजारौं लाइक, कमेन्ट र शेयरमा उनी रमाइरहेको जस्तो देखिन्छ । तर, उनका बौद्धिक समर्थकहरु भने उनलाई सम्झाउनमा हैरान देखिन्छन् ।
सामाजिक सञ्जालको प्रयोगमा उनी दिनदिनै विवादित बन्दै गइरहेका छन् । पछिल्लो समयमा काठमाडौंका मेयर बालेन साहसँग चलेको फेसबुक जुहारीले सदनमा समेत चर्चा पायो । उनले बालेन साहलाई इंगित गर्दै ‘देशको राजधानीलाई फोहोरको थुप्रोले पुरेर राख्न पाइदैन, मुख बजाउन छाडेर पाखुरा बजाउ नालायक हो’ भन्दै स्टाटस लेखेका थिए ।
यतिमात्र होइन उनी फेसबुक लाइभमा आएर आफ्ना विरोधीहरुलाई सक्दो गाली पनि गर्छन् । दिनभरि जति जनासँग उनको वादविवाद हुन्छ, साँझमा उनीहरु साम्पाङको फेसबुक लाइभको शिकार भइहाल्छन् । उनले सञ्जालमा बोल्ने र लेख्ने भाषाले उनकै कतिपय समर्थकहरुको चित्त दुःखिरहेको छ । मेयर जस्तो व्यक्तिले प्रयोग गर्ने भाषा स्तरीय र सम्मानित हुनुपर्नेमा उनले ठीक विपरीत व्यवहार देखाउँदा बौद्धिक जमातहरु दिनदिनै उनीदेखि टाढा गइरहेका छन् ।
हर्क साम्पाङ सफल होलान् या नहोलान् त्यो अहिले नै मूल्यांकन गर्ने समय होइन । तर, साम्पाङ नेपाली राजनीतिको पूरा ध्यान तान्न सफल भएका छन् । नेपाली नेताहरुको परम्परागत कार्यशैलीलाई भत्काउँदै उनले नेतृत्वको नयाँ आयाम देखाइदिएका छन् ।
हैट् खात्र लेख् ।हर्कको भिडियो एक्सरे गरेँ झै भो
हैन सरले दिनुहुन्छ । संखुवा सभालि कडा हाै । टिकटकमा पनि जमेकाे, आफ्नै पेशामा त छदैछ अब पत्रकारितामा पनि अब्बल देखिदैछ ।
चाणक्य नीति अपनाउनु जरुरी । “शत्रु,ऋण र रोग लाई कहिल्यै सानो नठान्नु” चाणक्य
राम्रो विश्लेषण ज्याक डेरिडाकाे बारेमा अभि सुवेदीकाे लेख पढेकाे थिए कान्तिपुर तर कुरा चाही त्यति वुझेकाे जस्ताे लागेकाे थिएन मेराे अनुमान तपाइकाे कुरा मिल्दा केही वुझेकाे जस्ताे लाग्याे सायद ज्याक डेरिड मास्टरकाे अंग्रेजी साहित्यमा पढिदाे हाे । अभि सुवेदीहरु पढाउँदै हाेलान सर ।
समय सान्दर्भिक लेख ।
Harkalai kin bajet chahiyo?Sramdan garda bhai halx ni.koshiko pani dokoma bharer tyangkima lagaer bitaran garda hudain r!?