शर्मा सचिवमा बढुवा, सुदूरपश्चिमको प्रमुख सचिवमा पदस्थापन – Nepal Press

शर्मा सचिवमा बढुवा, सुदूरपश्चिमको प्रमुख सचिवमा पदस्थापन

काठमाडौं । सहसचिव नारायण शर्मा सचिवमा बढुवा भएका छन् । सोमबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले उनलाई सचिवमा बढुवा गर्ने निर्णय गरेको एक मन्त्रीले नेपाल प्रेसलाई जानकारी दिए ।

लोक सेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीको अध्यक्षतामा रहको सचिव बढुवा सिफारिस समितिले उनलाई पहिलो नम्बरमा सचिव बढुवाका लागि सिफारिस गरेको थियो ।

बिहीबार बसेको बढुवा सिफारिस समितिको बैठकले प्रशासनतर्फ रिक्त सचिव पदमा बढुवाका लागि कार्यसम्पादन मूल्याङ्कनका आधारमा पहिलो नम्बरमा शर्मा, दोस्रो नम्बरमा दिनेशकुमार घिमिरे र तेस्रो नम्बरमा घनश्याम उपाध्यायको नाम सिफारिस गरेको थियो ।

पहिलो नम्बरमा सिफारिस भएका शर्मा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा औद्योगिक तथा लगानी प्रवर्द्बन महाशाखा प्रमुखको जिम्मेवारीमा थिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव लक्ष्मण अर्याल अनिवार्य अवकाशमा गएसँगै प्रशासनतर्फ एक सचिव पद रिक्त रहेको थियो ।

सचिवमा बढुवा भएका शर्मालाई सुदूरपश्चिम प्रदेशको प्रमुख सचिवमा पदस्थापन गर्ने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेको छ । यस अघि सुदूरपश्चिम प्रदेश प्रमुख सचिवको जिम्मेवारीमा रहेका सचिव रामेश्वर दंगाललाई अर्थ मन्त्रालयको राजस्व सचिवमा सरुवा गरेपछि उक्त पद रिक्त रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *