कैलालीका दुई ठाउँमा शंकास्पद वस्तु फेला – Nepal Press

कैलालीका दुई ठाउँमा शंकास्पद वस्तु फेला

कैलाली । कैलालीका दुई ठाउँमा शंकास्पद वस्तु फेला परेको छ। जिल्लाको गोदावरी नगरपालिका–१ अत्तरियास्थित मोहनापुल–अत्तरिया ६ लेन सडक खण्ड र पूर्वपश्चिम राजमार्ग अन्तरगत हरैया शिविर नजिकै शङ्कास्पद वस्तु फेला परेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

अत्तरियामा कपडामा बेरेको अवस्थामा र हरैयामा प्रेसर कुकर बम जस्तो देखिने शङ्कास्पद वस्तु भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक डीएसपी वेदप्रकाश जोशीले बताए। उक्त शङ्कास्पद वस्तु निष्क्रिय पार्न नेपाली सेनाको टोली पुग्दै गरेको समेत उनले जानकारी दिए ।

मंगलबार नेपाल बन्द आह्वान गरेको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले ती शङ्कास्पद वस्तु राखेको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।
बन्दका कारण कैलालीमा लामो तथा छोटो दुरीका सवारी साधन चल्न सकेका छैनन्। यहाँ पसल देखी विद्यालय सम्म बन्द छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर